back
CTIZAN AD

नबिल बैंक र ट्रिप टर्बोबीच साझेदारी, nBank एपबाटै यात्रा बुकिङ सेवा सुरु

वि.सं.२०८२ माघ ८ बिहीवार

690 

shares

ललितपुर । नेपालको अग्रणी ट्राभल मार्केटप्लेस ट्रिप टर्बो र अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडबीच रणनीतिक साझेदारी भएको छ। यस साझेदारीसँगै नबिल बैंकको nBank मोबाइल एपमार्फतै बस टिकट, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा विभिन्न यात्रा गतिविधिहरू बुक गर्न सकिने सेवा सुरु गरिएको छ।

सम्झौतामा नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (DCEO) आदर्श बजगाईं र ट्रिप टर्बोका ग्रोथ एण्ड मार्केटिङ लिड बिमल राज पौडेलले हस्ताक्षर गरेका हुन्।

यस साझेदारीपछि nBank प्रयोगकर्ताले एपको Marketplace खण्डमा गएर Home > More मार्फत ट्रिप टर्बो चयन गर्न सक्नेछन्। त्यसपछि प्रयोगकर्तालाई ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा रिडाइरेक्ट गरिनेछ, जहाँ उनीहरूले सजिलै यात्रा सेवा खोजी, छनोट तथा सुरक्षित भुक्तानी गर्न सक्नेछन्।

यस एकीकरणले ग्राहकलाई विभिन्न एप प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै विश्वसनीय बैंकिङ प्लेटफर्मभित्रै यात्रा बुकिङ र भुक्तानी गर्ने सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने, “प्रविधिको माध्यमबाट यात्रालाई सरल बनाउने हाम्रो लक्ष्य हो। नबिल बैंकसँगको साझेदारीले nBank एपमार्फत सुरक्षित र सहज यात्रा योजना तथा बुकिङ सुविधा उपलब्ध गराउन सहयोग पुर्‍याएको छ।”

नबिल बैंकका DCEO आदर्श बजगाईंले भने, “nBank एपको मार्केटप्लेसमा नयाँ साझेदार थप्न पाउँदा हामी खुशी छौँ। यस साझेदारीले हाम्रो एपलाई दैनिक आवश्यकताका लागि एकीकृत प्लेटफर्म बनाउने लक्ष्यमा थप टेवा पुर्‍याउनेछ।”

यो सेवा हाल सबै nBank प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। प्रयोगकर्ताले अब ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू nBank एपमार्फतै सजिलै खोजी, बुकिङ र भुक्तानी गर्न सक्नेछन्।

थप जानकारीका लागि tripturbo.com भ्रमण गर्न वा support@tripturbo.com मा सम्पर्क गर्न सकिनेछ।

 

वि.सं.२०८२ माघ ८ बिहीवार १३:४० मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...