back
CTIZAN AD

प्रतिनिधिसभा निर्वाचनः काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

वि.सं.२०८२ माघ ८ बिहीवार

591 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या एक लाख ५९ हजार ११० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकबाट दुई मतदाताले अन्यमा नाम लेखाएका छन् ।

जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेकामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्रसहित १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा १६ दलका र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं २ मा दुईवटा दल र एकजना स्वतन्त्र गरी तीनजना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार जिल्लामा स्वतन्त्र उम्मेदवार ११ जना छन् । यसपटक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा नरहेका उनले जानकारी दिए ।

जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले जानकारी दिए । क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अमित लामा, नेपाली कांग्रेसबाट गुणराज मोक्ततान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईंको उम्मेदवारी परेको उनले भने ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेसनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट कमलबहादुर लामा, समावेशी समाजवादी पार्टीबाट विनोद लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धीराज लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव समूह)बाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् भने राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अशोक ब्याञ्जू, नेपाली कांग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जीव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैँजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेसनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टङ्कबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ती क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।

साथै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ वटा मतदानस्थलमा चार सय मतदान केन्द्र कायम गरिएको छ ।

वि.सं.२०८२ माघ ८ बिहीवार १४:३० मा प्रकाशित

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा

काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...