back
CTIZAN AD

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

वि.सं.२०८२ माघ ८ बिहीवार

564 

shares

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन् । उनीहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्वका रूपमा रहेको धारणा राखे ।

जेनजी अभियान्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न भई सक्षम र जिम्मेवार जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गरे । उनले भनिन, “जेनजी पुस्ताले देशमै अवसर खोजिरहेका छन्, निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शीता र जवाफदेहितासहितको शासकीय अभ्यास गर्नुपर्छ ।”

अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सम्पूर्णले सहयोग गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने र समानुपातिक निर्वाचनमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ । निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी र ‘डिजिटलाइज्ड’ सार्वजनिक सेवामा ध्यान दिनुपर्ने उनले बताए ।

जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेशका संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्ने र जेनजीका माग पूरा हुनुपर्छ । जेनजी जनआन्दोलन प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”

वि.सं.२०८२ माघ ८ बिहीवार १५:११ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...