back
CTIZAN AD

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

वि.सं.२०८२ माघ १८ आइतवार

666 

shares

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा दुई लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन् ।

करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आएका उनले एकयाममा १३ लाख रुपैयाँ बराबरको माछा बिक्री हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर दुई लाख ५० हजार रुपैयाँ बचत हुन्छ ।

खेती किसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए ।

‘व्यवसायको सुरुवातमा कामको कुनै अनुभव थिएन । व्यवसायमा नयाँ थिएँ, त्यसैले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको थियो’, उनले भने, ‘पछि बिस्तारै व्यवसायप्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको छ, जीविकोपार्जनका लागि कुनै समस्या छैन ।’

चौधरीका अनुसार अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा छन् । माछा होलसेलमा प्रतिकिलो २५० रुपैयाँ र फुटकरमा प्रतिकिलो ३०० मा बिक्री हुने उनले जानकारी दिए ।

माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीले गुनासो गरे ।

भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो २२० रुपैयाँ र फुटकरमा प्रतिकिलो २८० रुपैयाँमा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने उनको अनुभव छ ।

उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने चौधरीले बताए ।

माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट १० हजार प्रतिकट्ठाका दरले एक लाख तथा कैलारी गाउँपालिकाबाट ५० हजार बराबरको बोरिङसहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यवसायी चौधरीले जानकारी दिए ।

पछिल्लो समय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आबद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । रासस

वि.सं.२०८२ माघ १८ आइतवार १७:३२ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...