back
CTIZAN AD

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

वि.सं.२०८२ माघ १८ आइतवार

681 

shares

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एन आई सी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदरमा गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ।

समयअनुसारको आवश्यकता र बजार मागलाई सम्बोधन गर्दै बैंकले सुन तथा सुनका गरगहना धितो राखेर कर्जा प्रवाह गर्ने यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकहरूले रु. ५० लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। साथै, यस कर्जा योजनामार्फत गरगहना खरिदका लागि पनि कर्जा सुविधा उपलब्ध गराइएको छ।

ग्राहकहरूले यो कर्जा योजना बैंकका तोकिएका विभिन्न शाखाहरूबाट प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सहज रूपमा कर्जा प्रदान गर्नुका साथै कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको उचित समयमै समाधान गर्ने उद्देश्यले बैंकले एकद्वार सेवा प्रणालीसमेत लागू गरेको जनाएको छ।

वि.सं.२०८२ माघ १८ आइतवार १७:२३ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...