back
CTIZAN AD

छोरी जन्माउने अभिभावकलाई तीन हजार प्रोत्साहन भत्ता

वि.सं.२०८२ माघ १९ सोमवार

687 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु तीन हजार भत्ताको व्यवस्था गरेको छ ।

गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई रु तीन हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पछिल्लो समय लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताईन्

“आर्थिक वर्ष २०७९÷८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो”, उपाध्यक्ष नाथले भनिन्, “हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएका छन् ।” उनका अनुसार चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएवाफत प्रतिव्यक्ति तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ ।

प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप रु ५०० दिँदै आएको थियो । ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमबाट पालिकामा गर्भपतिलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रेफर हुँदा एम्बुलेन्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उपाध्यक्ष नाथले भनिन्, “यसले यहाँका नागरिकलाई निकै राहत भएको महसुस गरेका छौँ ।” उनले ३५ वर्ष नाघेका अविवाहित महिलालाई एकल महिला स्वरह मासिक रु दुई हजार ५०० भत्ता दिने गरेको बताइृन् । “पालिकाभित्र रहेका तेस्रो लिङ्गीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ”, उनले भनिन्, “टुहुरा बालबालिकालाई पोसाक भत्ता दिने कार्यविधि बनाएर कार्यान्वयन चरणमा छ ।”

वि.सं.२०८२ माघ १९ सोमवार १३:५१ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...