back
CTIZAN AD

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

वि.सं.२०८२ माघ २१ बुधवार

612 

shares

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुवँरका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढदै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किसोरीलाई खोप लगाउने तयारी गरिएको छ । गत वर्षको अभिायनमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालयरका कोल्डचेन अधिकृत कुवँरले बताए ।

“प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ”, अधिकृत कुवँरले भने, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा उच्च जोखिमयुक्त मानिन्छ । नेपालमा पनि महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनले देखाएका छन् ।

स्वास्थ्य अधिकारीका अनुसार यौन सम्पर्क हुनुपूर्व किशोरी अवस्थामै यो खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । सुरुवाती चरणमा खासै लक्षण नदेखिने यो रोगबाट बच्न खोपका साथै ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

सरकारले यस रोगको भार कम गर्न राष्ट्रिय खोप कार्यक्रममार्फत देशभरका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०८२ माघ २१ बुधवार १३:२७ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...