back
CTIZAN AD

काभ्रेमा विपत्ति : १५१ किसानलाई राहत उपलब्ध गराउन सिफारिस

वि.सं.२०८२ माघ २२ बिहीवार

609 

shares

काभ्रेपलाञ्चोक । जिल्लामा प्राकृतिक विपत्तिबाट एक हजार दुई सय रोपनी जमिनमा लगाएको कृषि बाली क्षति भएको छ । क्षतिको राहत उपलब्ध गराउन बाग्मती प्रदेश सरकारलाई अनुरोध गरिएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तिका कारण खाद्यान्न, तरकारी बाली, फलफुल र तरकारीका टनेल क्षतिग्रस्त भएका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

कार्यालयले प्राकृतिक विपत्तिका कारण ९ सय ६१ रोपनीमा भएको खाद्यान्न क्षतिको लागि रु १४ लाख ४१ हजार ५ सय ९०, २ सय ६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षतिवापत रु सात लाख ८० हजार ६ सय २५ राहतका लागि सिफारिस गरिएको जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले गत वर्ष र यस वर्षको प्राकृति विपतीका कारण कृषि बालीमा क्षति पुगेका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेशस्थित कृषि मन्त्रालयमा सिफारिस गरिएको बताए । यस्तै उनले करिब तीन हजार फलफुलका बिरुवा क्षतिवापत रु दुई लाख नौ सय र तीन सय बाँसका टनेल क्षतिवापतको १५ हजारका दरले राहत रकम उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए ।

प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण खाद्यान्न बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु एक हजार पाँच सय, तरकारी बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु दुई हजार पाँच सय राहत उपलबध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्गमिटर रु ५० र फलफुलका बिरुवा क्षति भएमा प्रतिबोट रु ५० राहत उपलब्ध गराउने जनाइएको छ ।

कार्यालयका अनुसार प्रदेश सरकारले स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्याङ्कन र जिल्लास्थित राहत ब्यवस्थापन समितिको मूल्याङ्कन गरी पठाएपछि मात्रै प्रदेश सरकारले राहत उपलब्ध गराउनेछ । गत वर्षको बाढीपहिरोका कारण कृषि बालीमा क्षति पुगेका किसानका लागि रु ७८ लाख राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरिएकोमा प्राप्त रु ५३ लाख राहत रकम सम्बन्धित पीडित किसानलाई उपलब्ध गराईएको कार्यालयले जनाएको छ ।

वि.सं.२०८२ माघ २२ बिहीवार १३:२६ मा प्रकाशित

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...