back
CTIZAN AD

पत्रकार बगालेमाथि सामाजिक सञ्जालबाट आक्रमणको धम्की

वि.सं.२०८२ फागुन १ शुक्रवार

735 

shares

काठमाडाैँ । स्याङ्जामा सक्रिय पत्रकार तथा नेपाल प्रेस युनियन स्याङ्जा शाखाका अध्यक्ष तोलाकान्त बगालेमाथि सामाजिक सञ्जालमार्फत शारीरिक आक्रमणको धम्की दिइएको भन्दै युनियनले आपत्ति जनाएको छ।

बगालेले वालिङ नगरपालिका–८ निवासी ज्योति अधिकारीले विगत सात वर्षदेखि सामुदायिक कुकुरको संरक्षण, हेरचाह र दैनिक खानाको व्यवस्थापन गर्दै आएको विषयमा समाचार प्रकाशन गरेका थिए। सोही समाचारप्रति असन्तुष्टि जनाउँदै ‘वालिङ नेपाल’ नामक फेसबुक पेजमार्फत बगालेमाथि लक्षित गरी अपमानजनक अभिव्यक्ति, अडियो तथा भिडियो सामग्री सार्वजनिक गरिएको आरोप छ। ती सामग्रीमा आक्रमणको संकेतसमेत गरिएको जनाइएको छ।

युनियनका सचिव शंकर सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा, पत्रकारितामा लामो समयदेखि सक्रिय व्यक्तिमाथि यस प्रकारको व्यवहार अस्वीकार्य र चिन्ताजनक भएको उल्लेख गरिएको छ। समाचारप्रति फरक धारणा भए कानुनी प्रक्रियाबाट समाधान खोज्न सकिने भए पनि सामाजिक सञ्जालको दुरुपयोग गर्दै धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको आघात भएको युनियनको भनाइ छ।

यस घटनाले पत्रकारको सुरक्षामात्र नभई लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामा समेत नकारात्मक प्रभाव पार्ने ठहर गर्दै युनियनले संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, प्रेस स्वतन्त्रताको संरक्षणका लागि राज्यका निकाय सचेत र जिम्मेवार बन्नुपर्ने आग्रह गरिएको छ।

 

वि.सं.२०८२ फागुन १ शुक्रवार ११:४० मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...