back
CTIZAN AD

उम्मेदवार गाउँगाउँमा : चुनावी प्रचार तीव्र

वि.सं.२०८२ फागुन १ शुक्रवार

603 

shares

भेरीगङ्गा (सुर्खेत) । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् ।

गाउँ–गाउँमा राजनितिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज थापाले युवा अहिले गाउँमा कम नै नभएको बताए ।

उनले भने, “यहाँका युवा खेतीपातीको याम र चाडपर्वको बेलामा गाउँमा आउँछन्, अन्य बेलामा रोजगारीका लागि भारततिर जाने गर्दछन्।”

उहाले गाउँमा निर्वाचनको रौनक बढेपनि महिला र बुढाबुढी मात्रै मतदाता रहेको भन्दै अब गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरे ।

चौकुने गाउँपालिकाकै सीतादेवी नेपालीले पनि अहिले गाउँमा युवा मतदाता कम नै रहेको बताए । उनले राजनीति भन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने अवस्थाले युवाहरु विदेशिन बाध्य भएको बताउनुभयो ।

सुर्खेत चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्वरोजगार सम्बन्धिका कार्यक्रम सञ्चालन गरिए पनि युवाहरु गाउँमा नबस्ने गरेको बताए । सुर्खेत मात्रै होइन, कर्णालीका अधिकांश युवा रोजगारीका लागि भारतमा जाने गर्दछन् । पछिल्लो समय भने भारत बाहेकका मुलकमा जानेसमेत थालेका छन् ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १३:३६ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...