back
CTIZAN AD

बागमती नदीले माटो काट्दा टौदह र किनारका बस्ती जोखिममा

वि.सं.२०८२ फागुन १ शुक्रवार

573 

shares

कीर्तिपुर (काठमाडौं) । बागमती नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्न थालेपछि कीर्तिपुर नगरपालिका–६ मा रहेको टौदह र आसपासका बस्ती जोखिममा परेका छन् ।

बागमती नदी टौदहको पूर्वतर्फ सतहभन्दा तल्लो भागमबाट बहन्छ । विगत दुई वर्षदेखि नदीले धार परिवर्तन गरी पश्चिमी किनाराको माटो र टौदह मुनीको माटो कटान गर्न थालेको छ । कटान सुरु भएपछि टौदहमा जमेको पानी पूर्वतर्फको ओरालो भागमा रसाउन थालेको छ ।

केही वर्ष अघिसम्म बागमती किनारमा रहेका चौर र बाटो समेत कटानमा परेपछि टौदहको पूर्व र दक्षिणतर्फ लामो सयमदेखि बस्दै आएका करिब ८० घर परिवार जोखिममा परेका छन् ।

सन् २००४ देखि निरन्तर कटान गर्दै आएको बागमतिले केही वर्ष यता थप कटान गर्न थालेको छ । स्थानीय मिलन खड्का समयमै संरक्षण नगरिएमा प्राकृतिक जलसम्पदाका रुपमा रहेको टौदह समस्यामा पर्ने बताउँछन् । “टौदहको पूर्वतर्फका कान्लाहरुमा पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ”, उनले भने।

बागमती नदीको पारीपट्टी ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि बागमतिले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनकोे भनाइ छ । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर र्कीतिपुर नगरपालिकाकातर्फबाट त्यसको पहल नगर्दा कटान रोकथाम नभएको स्थानीय अञ्जिल खड्काले बताए ।

रेखाङ्कन र सीमाङ्कनको समस्या

विभिन्न निकायले बागमती नदीको कटानबाट टौदह र आसपासको बस्तीलाई जोगाउन तटबन्ध, टेवा पर्खालका लागि बजेट छुट्याउने गरेका छन् । तर बागमती नदिको सीमा कहाँसम्म हो भन्ने यकिन नहुँदा बजेट कार्यान्वयन हुन नसकेको स्थानीय खड्काको भनाइ छ । “पटक–पटक बागमती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ, तर आजसम्म भएन, सीमाङ्कन नभएका कारण निर्माण व्यवसायीले काम सुरु गर्न नसकेको अवस्था छ”, उनले भने ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १४:२० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...