back
CTIZAN AD

एन आई सी एशिया बैंकद्वारा ६.९९% स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

वि.सं.२०८२ फागुन १ शुक्रवार

582 

shares

काठमाडौं । ग्राहक महानुभावहरूको आवास सम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एन आई सी एशिया बैंकले रू. १० करोडसम्मको आकर्षक ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैंकद्वारा सार्वजनिक गरिएको यस घर कर्जा योजनाअन्तर्गत ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १० करोडसम्म प्रदान गरिने उक्त कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण, साथै घडेरी खरिदका लागि सहज प्रक्रियामार्फत उपलब्ध हुनेछ। कर्जाको अधिकतम अवधि २५ वर्षसम्म निर्धारण गरिएको बैंकले जनाएको छ।

घर खरिद तथा निर्माणको सपना साकार पार्न सहयोग पुर्‍याउने लक्ष्यका साथ ल्याइएको यस योजनामा पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा तथा धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत कायम गरिएको छ भने अन्य ग्राहकका हकमा यो सीमा अधिकतम ७० प्रतिशत रहनेछ।

यसका साथै, योजना अन्तर्गत घर कर्जा लिने ग्राहक महानुभावहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार, प्रतिस्पर्धी ब्याजदर र आकर्षक सुविधासहितको यस योजनाले घर निर्माण तथा खरिद गर्न इच्छुक ग्राहकहरूलाई महत्वपूर्ण राहत प्रदान गर्ने विश्वास लिइएको छ।

वि.सं.२०८२ फागुन १ शुक्रवार १४:४४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...