back
CTIZAN AD

आइएमई र टिक्मो बीच डिजिटल कारोबार विस्तारको सम्झौता

वि.सं.२०८२ फागुन १४ बिहीवार

222 

shares

 

काठमाडौँ । नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक आइएमई लिमिटेड र साउदीको प्रमुख डिजिटल वालेट Tiqmo बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता माघ २७ गते साउदी अरबको राजधानी रियाद मा भएको विशेष कार्यक्रममा आइएमईका अध्यक्ष हेमराज ढकाल र Tiqmo का प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल-अज्लान ले हस्ताक्षर गरेका थिए।

सम्झौतामा साउदीका लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल लगायत उच्च अधिकारीहरूको उपस्थिती रहेको थियो। सम्झौता केवल कानुनी हस्ताक्षर नभई दुई राष्ट्रको साझा डिजिटल भविष्यको प्रतीक मानिएको छ।

साउदी अरब आफ्नो भिजन २०३० मार्फत नगदरहित समाजतर्फ अघि बढिरहेको छ भने नेपालमा पनि डिजिटल वित्तीय पहुँच यथार्थ बन्दै गएको छ। यस परिस्थितिमा आइएमई र Tiqmo बीचको सहकार्यले नेपाल र साउदी अरबबीचको आर्थिक दूरीलाई कम गर्दै डिजिटल वित्तीय कोरिडोर निर्माण गरेको छ।

सम्झौता भएसँगै आइएमईले “Tiqmo मार्फत आइएमई गरौं, उपहार जितौं” योजना सार्वजनिक गरेको छ। यो योजना पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने छ। अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले Tiqmo एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्न सक्नेछन्।

आइएमई लिमिटेडबारे

स्थापनादेखि नै रेमिटेन्स सेवामा अग्रणी रहेको आइएमईले ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीको रकम छरितो, विश्वसनीय र सुरक्षित रूपमा वितरण गर्दै आएको छ।

Tiqmo बारे

Tiqmo साउदी अरबमा प्रयोग हुने डिजिटल वालेट एप हो। यसले अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल भुक्तानी कार्ड, बिल भुक्तानी लगायत सेवाहरू प्रदान गर्दछ।

सम्पर्क: आइएमई ग्रुप, पानी पोखरी, काठमाडौँ | फोन: ०१-४४३०६००, एक्सटेन्सन २५७

 

वि.सं.२०८२ फागुन १४ बिहीवार १३:३१ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...