काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको छ । ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एकेडेमीको प्राङ्गणमा उक्त फेस्ट सम्पन्न भएको हो ।
फेस्टको उद्घाटन एकेडेमीका सञ्चालकद्वय नराहाङ राई तथा डा. कविराज वान्तवाले संयुक्त रुपमा गरेका हुन् ।
उक्त प्रदर्शनी इन एसोसिएसन विथ रोबोटिक एसोसिएसन अफ नेपाल रहेको थियो भने मुख्य प्रायोजनको रुपमा युनाइटेड एकेडेमी रहेको थियो । कार्यक्रममा फोटोन नेपाल प्रयोजकको रुपमा रहेको थियो भने मिडिया पार्टनर आइसिटि फ्रेमले गरेको थियो ।
उक्त प्रर्दशनीमा युनाइटेड एकेडेमीमा अध्यनरत सूचना प्रविधिका विद्यार्थीहरुले आफ्ना विभिन्न नवप्रवर्तनहरुको प्रर्दशनी गरेका थिए । कार्यक्रममा नेपाल कम्युटर एसोसिएसनका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी अधिकारीलगायतले अवलोकन गरेका थिए ।
उक्त कार्यक्रममा उपत्यकाका विभिन्न १४ वटा कलेजका सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुकाबिच प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रममा फोटोन नेपाललले कृतिम मानव ‘रोबर्ट’कोपनि प्रर्दशनी गरेको थियो ।
वि.सं.२०८२ फागुन १५ शुक्रवार १७:२६ मा प्रकाशित


























