
२ असार, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको ेफाइनलमा प्रवेश गरेको छ । टस जितेर फिल्डीङ रोजेको भारतले बङलादेशले दिएको २६४ रनको लक्ष्य भारतले मात्र ४०१ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो । भारतका सुरुवाती ब्याट्सम्यानहरु शिखर धवन र रोहित शर्माले ८७ रनको सुरुवाती सोझेदारी गरेका थिए । भवन आउट भएपछि क्रिजमा आएका विराट कोहली सँग रोहित शर्माले १८७ रनको साझेदारी गरेपछि भारतले सजिले जित हातपार्यो ।
उता टस हारेर ब्याटिङ गर्न आएको बङलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर मध्यमा स्कोेर खडा गरेको थियो । बङलादेशका तमिम इक्बल र मुस्फिर रहिमले क्रमशः ७० र ६१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भरतका लागि जस्प्रित बुम्रा, भुवनेश्वर कुमार, केदार जाधवले समान २ विकेट लिएका थिए ।
भारतका लागि शिखर धवनले ४६, रोहित शर्माले नटआउट २३ तथा कप्तान विराट कोहलीले अभिजित ९६ रन बनाएका थिए ।कप्तान कोहलीले यसै खेल मार्फत एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् ।उनले मात्र १७३ इनिङसमा ८००० हजार रन बनाएका छन् । खेलको म्यान अफ दि म्याच रोहित शर्मा घोषित भएका थिए ।
भारतले अब फाइनलमा कट्टर प्रतिदन्द्धी पाकिस्तानको सामना गर्नेछ ।
वि.सं.२०७४ असार २ शुक्रवार ०६:२२ मा प्रकाशित