back
CTIZAN AD

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

वि.सं.२०८२ चैत ६ शुक्रवार

753 

shares

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि फार्मका सञ्चालक कविराज खनाललाई यतिखेर माग अनुसारको सिप्लीकानका बिरुवा पु¥याउनै धौधौ छ ।

विगत छ वर्षयता सिप्लीकानको व्यावसायिक खेतीसँगै नर्सरी गरी बिरुवा बेच्दै आएका खनालले यसवर्ष ५० हजार सिप्लीकानका बिरुवा तयार गर्ने लक्ष्य राखेका छन्, तर बढ्दो मागका कारण बिरुवा पु¥याउन नसकिने अवस्था आएको छ । पछिल्ला दिनमा विभिन्न कृषि समूहका साथै व्यक्तिगत रूपमा बिरुवाका लागि अत्याधिक माग आइरहेको खनालले बताए । अघिल्लो वर्ष मात्रै करिब छ लाख बराबरका करिब आठ हजार बिरुवा तयार सिप्लीकानका बिरुवा बिक्री गरेको उनले जानकारी दिए ।

विशेषतः पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ । सिप्लीकानको महत्त्वलाई पछिल्ला पुस्तामासमेत पु¥याउने लक्ष्यसँगै आँफूले यसको व्यावसायिक खेती गरी बर्सेनि आम्दानी गरिरहेको खनालको भनाइ छ । “परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ”, उनले भने, “लोपोन्मुख अवस्थामा पुगेको यो औषधीय वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ मैले व्यावसायिक खेती थालेको हुँ ।”

कास्कीको रुपा, मादी, माछापुछ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भीमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै खनालले लोपोन्मुख अवस्थामा रहेको नस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्यसहित कधाम गरिरहेको बताउनुभयो । “कोभिड–१९ महामारीपछि विगत छ वर्षयता आफू यस खेतीमा लागेको थिए । यहाँ उत्पादित बिरुवा कास्कीको रुपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा पुगिसकेका छन् । यस वर्ष मागअनुसार पु¥याउने लक्ष्यसँगै ५० हजार बिरुवा तयार गर्ने गरी काम भइरहेको छ”, उनले योजना सुनाए ।

खनालले व्यापार मात्र होइन, छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्दै आएका छन् । उनले प्रतिबिरुवा रु एक सयदेखि १५० सम्म बिक्री गरिराखेका छन् । पर्यावरणीय सन्तुलनका लागि पनि यसको महत्त्व रहेकाले सबैले यसको संरक्षण गरी लाभ लिनुपर्ने उनकोे भनाइ छ ।

उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ । “एक पटक लगाएको सिप्लीकानको बिरुवाबाट चार पुस्तासम्म उत्पादन लिन सकिन्छ”, खनालले भन्नुभयो, “ यसमा बाँदरले पनि क्षति नपु¥याउँदैन । वर्षाको समयमा लगाइने लहरे तरकारीका लागि यसलाई थाँक्रोका रूपमासमेत उपयोग गर्न सकिन्छ ।”

खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आएका छन् । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । उनका अनुसार फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्रीवितरण गर्ने गरिएको छ । स्वास्थ्यका लागि उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिकतत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने चिकित्सकले बताएअनुसार आफूले यसको व्यवसायमा जोड दिएको खनालको भनाइ छ ।
उनले फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आएका छन् । कृषिबारे ज्ञान, सीप र प्रविधिबारे जानकारी गराउने भएकोले उहाँको फार्म एउटा जीवन्त पाठशालासमेत बन्दै गएको छ ।

व्यावसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अघि बढाउनुभएका खनाल रेडियो नेपाल र आदर्श समाज राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा कार्यरत छन् । रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिने गरेको अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ आफू लागेको उनकोे भनाइ छ । यसबाट अन्य युवाले पनि प्रेरणा लिँदै व्यावसायिक उत्पादन गर्न सक्ने खनालले बताए ।

व्यावसायिक कृषिका माध्यमबाट स्वदेशमा नै केही गर्छु भन्नेलाई पहिचान गरी उनीहरूलाई प्रोत्साहित गर्ने वातावरण राज्यले तयार गनुपर्ने र त्यसमा आफू पनि सहकार्य गर्न तयार रहेको उनले बताए ।

वि.सं.२०८२ चैत ६ शुक्रवार १५:३३ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...