back
CTIZAN AD

कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान

वि.सं.२०८२ चैत ८ आइतवार

420 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो ।

बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताउनुभयो । अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताउनुभयो ।

खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन् । बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात्रु तथा व्यापारीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । गर्मीको समयमा अझ बढी आवश्यक पर्ने खानेपानी अब सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण खुसी भएका छन् । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले यसअघि पनि बजार क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०८२ चैत ८ आइतवार ११:५० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...