back
CTIZAN AD

आज चैत ११ गते बुधवार: तपाईँको राशिफल कस्तो छ ?

वि.सं.२०८२ चैत ११ बुधवार

477 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुखद् समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्रभावित पार्न सकिनेछ। धन लाभका साथै आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। नयाँ कामका लागि विशेष निर्णय गर्नुपर्ने समय छ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च भने बढ्न सक्छ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। राम्रो उपलब्धि हातलागी हुने समय छ। रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्नेछ। दिगो काम प्रारम्भ होला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।

 

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। तर जाेखिमपूर्ण काम गर्नुपर्ने अवस्था रहनेछ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

 

२०८२ चैत ११ गते (२५ मार्च २०२६) बुधवार, चैत्र शुक्लपक्ष सप्तमी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ९ः२६ बजेपछि मिथुन।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

 

वि.सं.२०८२ चैत ११ बुधवार ०७:२२ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...