मुगु । मुगुमा बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन जना पक्राउ परेका छन् ।
जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने तीन जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा बजार क्षेत्रमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यापारीहरूको नाम सार्वजनिक गरिएको छैन । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले उपभोक्तालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
वि.सं.२०८२ चैत ११ बुधवार १०:२३ मा प्रकाशित






























