back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम, ६ हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८२ चैत ११ बुधवार

462 

shares

काठमाडौँ । Citizens Bank International Limited ले “Smart Money Talks 2026” भन्ने मूल नारासहित ग्लोबल मनि विकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत्र २ देखि ८ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा करिब ६ हजार सर्वसाधारण लाभान्वित भएका छन्।

बैंकका अनुसार सातै प्रदेशमा रहेका आफ्ना १०८ शाखा कार्यालयमार्फत विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै वित्तीय ज्ञानको आवश्यकता र यसको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा विद्युतीय बैंकिङ्गको विस्तारसँगै बढ्दो साइबर अपराध तथा वित्तीय जोखिमबारे पनि सहभागीहरूलाई सचेत गराइएको थियो। साथै नगद कारोबार, लेनदेन तथा विप्रेषण गर्दा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्न आग्रह गरिएको बैंकले जनाएको छ।

यसैबीच, बैंकले पछिल्ला समयहरूमा विभिन्न नवीन सेवाहरू समेत सञ्चालनमा ल्याएको छ। Fonepay सँगको सहकार्यमा भर्चुअल “Citizens PhonePe Credit Card” सुरु गरेको बैंकले “Citizens Gen-Z Savings Account”, “Citizens Digi Bank” र “Freelancer Savings Account” जस्ता सेवाहरू सार्वजनिक गरेको छ।

हाल बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

वि.सं.२०८२ चैत ११ बुधवार ११:०४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...