back
CTIZAN AD

नेपाल टेलिकमद्वारा डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा सुरु

वि.सं.२०८२ चैत ११ बुधवार

393 

shares

काठमाडौँ । Nepal Telecom ले डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय भोल्टे (भ्वाइस ओभर एलटिई) रोमिङ सेवा सञ्चालनमा ल्याएको छ। अब नेपाल टेलिकमका ग्राहकहरूले यी दुई देशमा समेत अन्तर्राष्ट्रिय भ्वाइस रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका छन्।

यसअघि अमेरिका, अष्ट्रेलिया, लक्जेम्बर्ग, इजरायल र ताइवान–आरओसीमा उपलब्ध रहेको उक्त सेवा विस्तार गर्दै थप दुई देशमा सञ्चालनमा ल्याइएको हो। सेवा सुरु भएसँगै ग्राहकहरूले विदेशमा पनि उच्च गुणस्तरको भ्वाइस कल सुविधा उपयोग गर्न सक्नेछन्।

भोल्टे (भ्वाइस ओभर एलटिई) सेवा नेपाल टेलिकमले राष्ट्रिय स्तरमै पहिलेदेखि उपलब्ध गराउँदै आएको प्रविधि हो, जसले उच्च गुणस्तरको आवाजसहित छिटो कल जडान हुने सुविधा प्रदान गर्छ। मोबाइलमा यो सेवा सक्रिय भएको अवस्थामा मात्र यो सुविधा प्रयोग गर्न सकिन्छ।

ग्राहकहरूले आफ्नो मोबाइलमा भोल्टे सेवा समर्थित भए/नभएको जाँच गर्न सक्नेछन्। यदि सेवा सक्रिय नभएको खण्डमा *४४४# डायल गरी ‘भोल्टे सक्रिय गर्नुहोस्’ विकल्पमार्फत सेवा सञ्चालन गर्न सकिने जनाइएको छ।

नेपाल टेलिकमका अनुसार, अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवाको विस्तारले विदेशमा रहेका नेपालीहरूलाई अझ सहज र गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।

वि.सं.२०८२ चैत ११ बुधवार ११:१५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...