back
CTIZAN AD

लुम्बिनी विकास बैंकद्वारा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम, ६ हजार विद्यार्थी लाभान्वित

वि.सं.२०८२ चैत ११ बुधवार

390 

shares

काठमाडौँ । Lumbini Bikas Bank Ltd. ले “ग्लोबल मनि विक २०२६” को अवसरमा विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयमार्फत आयोजना गरिएको उक्त कार्यक्रममा करिब ६ हजार विद्यार्थी लाभान्वित भएका छन्।

कार्यक्रम अन्तर्गत बैंकले विद्यालयहरूमा पुगेर बचत, निक्षेप, कर्जा लगानी, विप्रेषण तथा डिजिटल बैंकिङ लगायतका विषयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको थियो। यसले विद्यार्थीहरूमा वित्तीय ज्ञानको विकासमा टेवा पुगेको बैंकले जनाएको छ।

उक्त अवसरमा बैंकका शाखा कार्यालयहरूले वित्तीय जानकारीमूलक झाँकी प्रदर्शनसमेत गरेका थिए। “स्मार्ट मनि टक्स” भन्ने नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रम “ग्लोबल मनि विक” अन्तर्गत मार्च १७ देखि २३ सम्म मनाइएको थियो।

बैंकका अनुसार, वित्तीय साक्षरतामार्फत बैंकिङ प्रणालीप्रति सर्वसाधारणलाई सचेत बनाउँदै विशेषगरी युवा तथा विद्यार्थीमा वित्तीय ज्ञानको विकास गराउने लक्ष्य राखिएको छ।

हाल Lumbini Bikas Bank Ltd. ले देशभर ७ वटै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै ग्राहकलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न नवीन प्रविधिमा आधारित सेवाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

वि.सं.२०८२ चैत ११ बुधवार ११:१८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...