back
CTIZAN AD

ज्योति विकास बैंकद्वारा Global Money Week 2026 मा देशभर वित्तीय साक्षरता अभियान सम्पन्न

वि.सं.२०८२ चैत ११ बुधवार

429 

shares

काठमाडौं । ज्योति विकास बैंक ले Global Money Week 2026 अभियान अन्तर्गत वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकले चैत १० गतेदेखि १८ गतेसम्म (मार्च २३–३०, २०२६) सञ्चालन गरिएको उक्त अभियानका क्रममा देशभर विविध वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । यस वर्ष “Smart Money Talks” नारासहित सञ्चालन गरिएको अभियानले विशेषगरी युवा तथा विद्यार्थी वर्गलाई लक्षित गर्दै वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो ।

अभियानअन्तर्गत बैंकले डिजिटल माध्यममार्फत समेत वित्तीय शिक्षा प्रवाह गर्दै सर्वसाधारणलाई आधुनिक बैंकिङ सेवा, बचत, लगानी, कर्जा, डिजिटल भुक्तानी प्रणाली, OTP सुरक्षा, साइबर जोखिम तथा वित्तीय अनुशासनका विषयमा जानकारी प्रदान गरेको थियो । साथै, विभिन्न शाखा कार्यालयमार्फत विद्यालय तथा कलेजस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकका प्राविधिक तथा क्लस्टर कार्यालयहरूको समन्वयमा देशभर रहेका शाखाहरूबाट वित्तीय साक्षरता अभिवृद्धिका लागि अन्तरक्रियात्मक कार्यक्रम, प्रशिक्षण तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका थिए । बैंकले अडियो–भिजुअल सामग्रीमार्फत पनि वित्तीय शिक्षा विस्तार गर्दै सर्वसाधारणलाई सही वित्तीय निर्णय लिन प्रेरित गरेको छ ।

बैंकका अनुसार, यस अभियानबाट करिब २,००० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । वित्तीय साक्षरता अभिवृद्धिले व्यक्तिलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै समग्र अर्थतन्त्रको सुदृढीकरणमा समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै ज्योति विकास बैंक ले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । बैंकले देशभर ११५ शाखा, ३ एक्सटेन्सन काउन्टर तथा ७५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८२ चैत ११ बुधवार ११:२२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...