back
CTIZAN AD

पर्वतमा बर्सेनि चैतधान रोपाइँ हुने क्षेत्रफल घट्दै

वि.सं.२०८२ चैत १२ बिहीवार

387 

shares

पर्वत । पर्वतमा चैते धान रोपाइँ हुने क्षेत्रफल बर्सेनि घट्दै गएको छ । कतिपय धानखेती हुने फाँटमा सडक विस्तार र बजार विस्तार हनु, बाँदर आतङ्क, जनशक्ति अभावलगायत कारणले चैते धान रोपाइँ हुने क्षेत्रफल घट्दै गएको हो । चैते धान लगाउन सिँचाइ सुविधा नहुनु तथा युवा जनशक्ति वैदेशिक रोजगारी, शिक्षालगायत कारणले बाहिरिनुले पनि धानखेती हुने क्षेत्रफल घट्दै गएको जिल्लास्थित कृषि विकास कार्यलयले जनाएको छ ।

कार्यलयका अर्थविज्ञ प्रकाश चौधरीले सिँचाइ अभाव, जनशक्ति नहुनु, मल र बीउको अभाव, मौसमी परिवर्तनलगायत कारणले यसप्रति किसानको आकर्षण घट्नाले पनि रोपाइँ हुने क्षेत्रफल घट्दै गएको बताए । “जिल्लामा सबैभन्दा बढी चैतेधान खेती हुनेमा पैँयू गाउँपालिकाको हटिया, अर्थुनलगायत स्थानमा गाउँपालिकाको केन्द्र स्थापना भई बजार विस्तार भएपछि रोपाइँ हुन छाडेको छ”, उनले भने ।

यसैगरी विहादी गाउँपालिकाको बर्राचौर फाँटमा पनि कालीगण्डकी लोकमार्ग निर्माण तथा बजार विस्तार हुनाले धान रोपाइँ हुने फाँटमा अहिले घर निर्माण हुन थालेका अर्थविज्ञ चौधरीले बताए । फलेवास नगरपालिकाको पाङराङमा चैतेधान लगाउने खेत क्रमशः घडेरी बन्दै गएका छन् । उनका अनुसार कुश्माको पाङ, खुर्कोट मोदीको बाजुङ, देउपुरलगायत फाँटहरूमा पनि चैतेधान लगाउन छोडिएको छ ।

चैतेधानको बीउ अभाव, जनशक्तिको अभाव, लगानी भन्दा उत्पादन कम हुनेलगायत कारण खेती गर्न छाडेका कुश्मा नगरपालिका–२ का कृषक वैकुण्ठ शर्माले बताए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चार सय ४० हेक्टर क्षेत्रफलमा गरिएको चैतेधानको खेती चालु आवमा तीन सय ४० हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

कार्यलयका अर्थविज्ञ चौधरीका अनुसार चैतेधान हुने खेतका फाँट क्रमशः बजार क्षेत्रमा परिणत हुनु, जनशक्तिको अभाव, मलर बीउको अभाव, सिँचाइको कमी, बाँदर आतङ्कलगायत समस्याका कारण चैतेधान लगाउने किसानको सङ्ख्या घटेको हो । पर्वतमा ‘चैते–५’ र ‘स्थानीय टकमारे’ जातका धान लगाउने गरिएको उनले जानकारी दिए ।

सङ्घीय सरकारको धान जोन इकाई, गण्डकी प्रदेशअन्तर्गतको कृषि विकास कार्यलय र सात स्थानीय सरकारका कृषि विकास शाखाले धान उत्पादनको क्षेत्रमा बर्सेनि बजेट कार्यान्वयन गरिरहेको भएपनि क्रमशः चैतेधान रोपाइँ हुने फाँटको क्षेत्रफल घट्दै गइरहेको अर्थविज्ञ चौधरीले बताए । उनका अनुसार जिल्लाका बर्खेधान नौ हजार २१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।

वि.सं.२०८२ चैत १२ बिहीवार १२:३५ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...