back
CTIZAN AD

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, बालेन नेतृत्वको मन्त्रिपरिषद् विस्तार

वि.सं.२०८२ चैत १३ शुक्रवार

354 

shares

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिसमा १४ जना मन्त्रीलाई शपथ गराएका हुन्।

शपथ ग्रहण समारोह परम्परागत तथा धार्मिक विधिअनुसार सम्पन्न गरिएको थियो। कार्यक्रममा १०८ जना बटुकले स्वस्तिवाचन गरेका थिए भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका थिए। साथै ७ जना ब्राह्मणद्वारा शंखनाद गरी समारोहलाई थप गरिमामय बनाइएको थियो।

नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

बालेन नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू:

-बालेन्द्र शाह – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
-स्वर्णिम वाग्ले – अर्थ मन्त्रालय
-शिशिर खनाल – परराष्ट्र मन्त्रालय
-सोविता गौतम – कानून मन्त्रालय
-विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
-सुधन गुरुङ – गृह मन्त्रालय
-प्रतिभा रावल – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
-विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
-गीता चौधरी – कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्रालय
-दिपक कुमार साह – श्रम, रोजगार मन्त्रालय
-सस्मित पोखरेल – शिक्षा, युवा तथा खेलकुद मन्त्रालय
-खडक पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
-सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय
-सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
-निशा मेहता – स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्रालय

नयाँ सरकार गठनसँगै देशको शासन व्यवस्थामा नयाँ दिशा र अपेक्षाहरू सिर्जना भएको छ।

वि.सं.२०८२ चैत १३ शुक्रवार १३:३६ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...