काठमाडौं । Daraz Nepal ले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ‘४.४ नवा वर्ष उत्सव’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त योजना चैत २० गते बेलुका ८ बजेदेखि सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुनेछ।
यस अभियानमा ग्राहकहरूले ७५ प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ८३ लाख रुपैयाँ बराबरका भौचर प्राप्त गर्न सक्नेछन्। साथै, दैनिक ‘फ्ल्यास सेल’ मार्फत विभिन्न ब्रान्डका सामानहरू विशेष छुटमा उपलब्ध हुने जनाइएको छ।
कम्पनीका अनुसार Unilever, Anker लगायतका ब्रान्डमा ६० प्रतिशतसम्म छुट दिइनेछ भने Nike, Fantech जस्ता ब्रान्डमा ६५ प्रतिशतसम्म छुट पाइनेछ।
बैंक तथा डिजिटल भुक्तानीमा थप सुविधा
ग्राहकहरूले Nabil Bank, Himalayan Bank लगायतका बैंकका कार्ड प्रयोग गर्दा क्रेडिट कार्डमा १५% (७५० रुपैयाँसम्म) र डेबिट कार्डमा १०% (५०० रुपैयाँसम्म) छुट पाउनेछन्।
त्यसैगरी eSewa र Khalti प्रयोगकर्ताले ‘रश आवर डिल’ समेत पाउने कम्पनीले जनाएको छ।
विशेष मूल्यका अफर
यस अभियानअन्तर्गत ग्राहकहरूले ४४, ४४४, १,४४४ र २,४४४ रुपैयाँमा विशेष सामान खरिद गर्न सक्नेछन् भने २,०८३ रुपैयाँमा विशेष क्याटेगरी अफर पनि उपलब्ध हुनेछ।
उपहार जित्ने अवसर
Daraz ले ग्राहकका लागि विभिन्न आकर्षक उपहार पनि घोषणा गरेको छ। जसअनुसार Philips का १५ वटा घरेलु उपकरणको प्याकेज (करिब १ लाख ८० हजार रुपैयाँ बराबर) मुख्य उपहारका रूपमा राखिएको छ।
यसका साथै:
- Vivo V70 मोबाइल (१ जना)
- एक्सरसाइज साइकल (१ जना)
- काठको डिस्प्ले र्याक (१ जना)
- प्रिन्टर र्याक (१ जना)
- हेल्मेट तथा ब्लुटुथ इन्टरकम (६ जना)
कम्तीमा ५ हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।
वि.सं.२०८२ चैत १६ सोमवार १२:०३ मा प्रकाशित






























