back
CTIZAN AD

एक्साइडको नयाँ धमाकाः ई–रिक्साका लागि ३६ महिनाको वारेन्टीसहित: ई–राइड लिथियम ब्याट्री सार्वजनिक

वि.सं.२०८२ चैत १६ सोमवार

264 

shares

काठमाडौँ । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि एउटा खुसीको खबर ल्याउँदै अत्याधुनिक ुएक्साइड ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

यो ब्याट्री एआईएस –१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट जोगाउन आईपी ६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । यस ब्याट्रीसँगै कम्पनीले २५ एम्पियरको अत्याधुनिक क्ःएक् चार्जर समेत उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ। यो चार्जरको सहायताले ब्याट्रीलाई मात्र ३ देखि ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

हल्का वजन र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिने र सधैं समान पावर कायम राख्न मद्दत पुग्दछ । साधारण लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्ष मात्र हुने भए तापनि एक्साइडको यो नयाँ लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ । यसमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि निकै कम लाग्ने भएकाले चालकहरूका लागि यो निकै किफायती सावित हुने देखिएको छ ।

कम्पनीले ग्राहकहरूको ढुक्कका लागि ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ । नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरूमार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जरको सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्नेछ । आफ्नो सवारी साधनलाई आधुनिक र शक्तिशाली बनाउन चाहनेहरूका लागि यो एउटा उत्कृष्ट विकल्प साबित हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ चैत १६ सोमवार १२:१८ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...