back
CTIZAN AD

मध्यपूर्व तनाव चर्किंदै

वि.सं.२०८२ चैत १७ मंगलवार

474 

shares

पेरिस । मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ ।

दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख छ । यस घटनामा अन्य सैनिकहरू घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त क्षेत्रमा इजरायली सेना इरान समर्थित हिजबुल्लाहसँग निरन्तर भिडन्तमा संलग्न छ ।

यसैबीच, इजरायलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत अवरोध गरेको जनाएको छ । जेरुसेलममा कम्तीमा १० वटा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इजरायली सेनाका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाट प्रक्षेपण गरिएको पुष्टि गरिएको छ ।

उता तेहरानमा पनि विस्फोटको आवाज सुनिएको र केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । केही समयपछि प्रभावित क्षेत्रमा पुनः बिजुली आपूर्ति सुरु गरिएको बताइएको छ ।

युद्धको दायरा इराकसम्म फैलिएको सङ्केत देखिएको छ । पपुलार मोबिलाइजेसन फोर्सेज (पिएमएफ) ले अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणबाट आफ्ना दुई सैन्य अड्डा लक्षित भएको दाबी गरेको छ । बाबिल र अनबर प्रान्तमा भएका ती आक्रमणमा भने तत्काल कुनै हताहतको विवरण प्राप्त भएको छैन ।

यसै क्रममा दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमा आगलागी भएको छ । कुवेतको सरकारी तेल कम्पनीका अनुसार उक्त ट्याङ्करमाथि इरानबाट प्रत्यक्ष आक्रमण गरिएको थियो, यद्यपि मानवीय क्षति भने भएको छैन । साथै, हवाई प्रतिरक्षा प्रणालीबाट खसेका भग्नावशेषका कारण सहरमा अन्य आगलागी हुँदा चार जना घाइते भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धले आफ्ना आधाभन्दा बढी रणनीतिक लक्ष्य हासिल गरिसकेको दाबी गर्नुभयो, तर यसको अन्त्य कहिले हुने भन्नेबारे कुनै निश्चित समयसीमा दिन अस्वीकार गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) ले लेबनानको दक्षिणी क्षेत्रमा भएको विस्फोटमा दुई शान्ति सैनिक मारिएको पुष्टि गरेको छ । सो घटनामा अन्य दुई घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ ।

बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणका क्रममा छर्रा नजिकै खस्दा एक सर्वसाधारण घाइते भएका छन् ।

यता, होर्मुज जलडमरूमध्यमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना इरानको संसदीय आयोगले अनुमोदन गरेको छ । ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्ग युद्धका कारण प्रभावित भएको छ, जसले विश्व बजारमा असर पार्ने देखिन्छ ।

यसबीच, जी–७ राष्ट्रहरूले ऊर्जा बजार स्थिर राख्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, नाटो सेनाले इरानबाट टर्कीतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ, जसले क्षेत्रीय युद्ध थप विस्तार हुन नदिने प्रयासलाई सङ्केत गर्छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग निजी स्तरमा भइरहेको संवादप्रति आशावाद व्यक्त गर्नुभएको छ । उहाँले इरानभित्र आन्तरिक विभाजन देखिएको र त्यसले कूटनीतिक समाधानको सम्भावना बढाएको उल्लेख गरेका छन् ।

यसैबीच, इजरायलले तेहरानस्थित इमाम हुसेन विश्वविद्यालयमा आक्रमण गरेको दाबी गर्दै उक्त संस्था उन्नत हतियार अनुसन्धानमा संलग्न रहेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन् । उनले इरानका तेल पूर्वाधार तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गर्न सकिने सङ्केत गर्दै दबाब बढाउन खोजेको देखिन्छ ।(रासस/एएफपी)

वि.सं.२०८२ चैत १७ मंगलवार १५:१० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...