back
CTIZAN AD

नेपाल बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी वीक २०२६’ भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ चैत १८ बुधवार

399 

shares

काठमाडौँ । नेपाल बैंक लिमिटेडले ‘Smart Money Talks’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक २०२६ देशभर सफलतापूर्वक सम्पन्न गरेको छ। चैत ०१ गतेदेखि चैत ०५ गतेसम्म सञ्चालन गरिएको यस अभियान सातै प्रदेशमा फैलिएको थियो।

कार्यक्रमको उद्देश्य युवापुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बचत, लगानी र डिजिटल बैंकिङप्रति सचेतना फैलाउनु रहेको बैंकले जनाएको छ। ग्लोबल मनी वीकको अवसरमा बैंकका शाखाहरूमा विद्यार्थी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।

साताव्यापी कार्यक्रममा विद्यालय तथा क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी कक्षा, डिजिटल भुक्तानी प्रणालीबारे प्रयोगात्मक तालिम, बचत खाता खोल्ने विशेष अभियान तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, हाजिरी जवाफ प्रतियोगिता, विशेष समूह छलफल (Panel Discussion) जस्ता गतिविधिहरूले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

बैंकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सर्वसाधारणमा वित्तीय ज्ञान विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

वि.सं.२०८२ चैत १८ बुधवार ११:२२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...