काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले स्पष्ट पारेका छन् कि उनीहरूको पार्टीलाई सिंहदरबार चलाउन होइन, बदल्न जिम्मेवारी दिइएको छ।
लामिछानेले भने, “हामीले बदल्न सुरु गरिसकेका छौं। म जनतालाई धन्यवाद मात्र दिन्छु भन्ने होइन, मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने प्रतिज्ञा गर्छु।”
प्रत्यक्ष सिटमा रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३, राप्रपा १ र स्वतन्त्र १ सिटमा विजयी भएको छ।
वि.सं.२०८२ चैत १९ बिहीवार १४:५५ मा प्रकाशित






























