back
CTIZAN AD

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

510 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकार भएका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा लालगढमा आज आयोजित तीनदिने ‘प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन गर्दै उहाँले पोषण केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग जोडिएको विषय हो भने।

उनले मधेश प्रदेशमा अझै पनि बालबालिका तथा महिलामा कुपोषणको समस्या चुनौतीका रूपमा रहेको भन्दै त्यसलाई घटाउन दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकामा जोड दिए ।

मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादवले महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए । उनले ग्रामीण तथा विपन्न समुदायमा अझै पनि पोषणसम्बन्धी चेतनाको अभाव देखिएको भन्दै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले पोषण तथा जनसङ्ख्याबीच प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै जनसङ्ख्या वृद्धि, गरिबी, अशिक्षा तथा असन्तुलित खानपानका कारण कुपोषणको समस्या चुनौती बनेको विचार व्यक्त गरे ।

सम्मेलनमा पोषण, मातृ तथा शिशु स्वास्थ्य, किशोरी पोषण, जनसङ्ख्या अवस्था, खाद्य सुरक्षा तथा पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १४:१० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...