back
CTIZAN AD

लेखनाथमा बधस्थल निर्माण हुने

वि.सं.२०७४ असार ५ सोमवार

867 

shares

५ असार, पोखरा  । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा व्यवस्थित पशु पक्षीको बधस्थल निर्माणमा पहल गर्ने बताउनुभएको छ ।

पोखराको प्रदर्शनी केन्द्रमा आयोजित तेस्रो राष्ट्रिय पोर्क महोत्सव समापन समारोहमा आइतबार उहाँले नगर क्षेत्रभित्रका सम्पूर्ण पशुपालन गर्ने कृषक, मासुको बिक्री वितरण गर्ने सङ्घ संस्थासँग सामूहिक छलफल गरी छिट्टै बधशाला निर्माण गरी सञ्चालनमा ल्याउने बताउनुभयो ।

युवा वर्गलाई पशुपक्षीपालन व्यवसायमा आकर्षित गरी स्वरोजगारको सिर्जनासहित मासुजन्य पदार्थबाट महानगरलाई आत्मनिर्भर बनाएर बर्सेनि बाहिरीने अर्बौं रुपैया रोक्न पहल गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डाक्टर किशनचन्द ठकुरीले पोखरामा आयोजना गरेको तेस्रो राष्ट्रिय पोर्क महोत्सवले बङ्गुरको मासुको प्रवद्र्धन गर्न ठूलो टेवा पुगेको बताउनुभयो ।

कास्की जिल्ला बङ्गुर व्यवसायी समन्वय समितिका संयोजक कृष्णबहादुर गुरुङले पोर्क महोत्सवले बङ्गुर व्यवसायी किसानलाई प्रोत्साहित गरेको बताउँदै आगामी वर्षमा पोर्क महोत्सवलाई स्थानीय स्तरमा पु¥याउन पहल गरिने जानकारी दिनुभयो ।

बङ्गुर व्यवसाय सङ्घ नेपालका केन्द्रीय अध्यक्ष उमेशकुमार राईले बङ्गुरको मासुको प्रवद्र्धनका लागि तेस्रो पोर्क महोत्सव कोसेढुङ्गा सावित भएको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालित महोत्सवमा विशेष गरी रेस्टुराँमा पाइने पोर्क बार वे क्यू, पोर्क फ्राइ, पोर्क चिल्ली, सामगेपसाल, बँदेलको झिर, सेकुवा, पोर्क मः मः र चाउमिनप्रति दर्शकलाई आकर्षित गरेको आयोजक बङ्गुर बृडर कृषक सहकारी संस्था कास्कीका अध्यक्ष योगबहादुर आचार्यले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार ५ सोमवार ०३:१९ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...