back

‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’

वि.सं.२०७४ असार ५ सोमवार

615 

shares
IME Limited
NTC AD

५ असार, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेकपा (एमाले)को ढिपीका कारण स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले पहिलो चरणको चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादलाई चर्को रुपमा उठाएको तर काँग्रेस त्यो स्तरमा नओर्लेको बताउनुभयो । असार १४ मा हुने निर्वाचनमा काँग्रेस ६० प्रतिशत स्थानमा विजयी हुने दावा पनि उहाँले गर्नुभयो ।

राजपाका वरिष्ठ नेता मनिषकुमार सुमनले असार १४ को स्थानीय तहको निर्वाचन हँुदै गर्दा सरकारले राजपाका नेता तथा कार्यकर्तालाई थुनेको र घर घेरेर जबर्जस्ती गरेको आरोप लगाउनुभयो । मधेसी जनतालाई बाहिर राखेर गरिने निर्वाचनले ठूलो दुर्घटना निम्त्याउने चेतावनी पनि उहाँले दिनुभयो ।

एमालेका नेता आनन्द पोखरेलले तराईमा हुने स्थानीय तहको निर्वाचनमा ५१ प्रतिशत स्थानमा एमाले विजयी हुने दावा गर्नुभयो । मधेसी जनताको मागअनुसार संविधान संशोधन गर्ने कार्यमा एमालेले कुनै हालतमा समर्थन नगर्ने पनि उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले नेपाली जनताले धर्मनिरपेक्षता र सङ्घीयताको पक्षमा मतदान गरेर संविधान कार्यान्वयन गर्ने र यसमा जुनसुकै पार्टीले जिते पनि आफूहरुलाई मान्य हुने बताउनुभयो । मधेसी जनताका मागलाई सम्बोधन गर्ने माओवादी अडान यथावत् रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

वि.सं.२०७४ असार ५ सोमवार १०:४२ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...