back
CTIZAN AD

रुकुममा पाँच वडा सदस्य निर्विरोध

वि.सं.२०७४ असार ५ सोमवार

741 

shares

५ असार,रुकुम । भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध भएका छन् । भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्य पदमा निर्विरोध भएका हुन् ।

वडा नं ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नं ६ मा दलित महिला सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट मात्रै उम्मेदवारी परेको सो गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ७ को महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनीमान बुढा र रुपधन कामी निर्विरोध भएका हुन् । वडा नं ६ को दलित महिला सदस्यमा मीना सुनार निर्विरोध भएका छन् ।

दाबी विरोध र नाम फिर्ता लिनेलगायत प्रक्रियापछि मात्रै निर्विरोध भएकाको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताउनुभयो । भूमे गाउँपालिकामा ४७ पदका लागि माओवादी केन्द्रका ४७, काँग्रेसका ३६, एमालेका २८ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक÷एक जनाले मनोनयन दर्ता गरेका छन् ।

वि.सं.२०७४ असार ५ सोमवार १०:४४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...