back
CTIZAN AD

अमेरिकाद्वारा क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र हस्तान्तरण

वि.सं.२०७४ असार ५ सोमवार

672 

shares

५ असार । नेपालस्थित अमेरिकी मिसनले नेपाल सरकारसँगको सहकार्यमा आज क्षेत्रीय सङ्कट व्यवस्थापन केन्द्र (आरसीएमसी) हस्तातन्तरण समारोह आयोजना गरी काठमाडौँको छाउनी ब्यारेकमा “ब्यालेन्स नेल १७-३” नामक द्विपक्षीय विशेष अपरेशन तालिम अभ्यासको थालनी गरेको छ ।

अमेरिकाद्वारा आर्थिक सहयोग प्राप्‍त र काठमाडौँ उपत्यकाको केन्द्रमा निर्मित १८ लाख अमेरिकी डलर लागतको संरचना आरसीएमसीलाई अमेरिकी दूतावासअन्तर्गतको अफिस अफ डिफेन्स कोअपरेसन, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) तथा विश्‍व खाद्य
कार्यक्रमको सहायोगमा विकसित गरिएको हो ।

नेपाल सरकार तथा अमेरिकी दूतावासको यस परियोजनाले नेपालको आपतकालीन प्रतिकार्य समन्वय क्षमतालाई प्रत्यक्ष रूपमा सघाउँदै राष्ट्रिय आपतकालीन कार्यसञ्‍चालन केन्द्रसँग सञ्‍चार सहजीकरण गर्नुका साथै मानवसिर्जित तथा प्राकृतिक प्रकोपको बेलामा प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्दछ । आरसीएमसी र वेयरहाउस राहत कार्य तथा खाद्यान्न वितरणका लागि सुरक्षित स्थान उपलब्ध गराउनका लागि मुलुकभर निर्माण हुँदै गरेको बृहत् पूर्वाधार सञ्‍जालका हिस्सा हुन् । युएस आर्मी कोर अफ इन्जिनियर्सको मुख्यालय तथा हिमालयन बिल्डर्सको सहायतामा परियोजना पूरा गरिएको हो ।

अमेरिकी सेनाको विषेश बल र नेपाल महावीर रेञ्‍जरबीचको द्विपक्षीय तालिम एक दशकभन्दा बढी समयदेखि चल्दै आइरहेको छ । “ब्यालेन्स नेल” अभ्यासको दौरानमा रेञ्‍जरहरू र अमेरिकी विषेश अपरेशन फोर्सलाई दुर्गम र हिमाली क्षेत्रमा आइपर्ने विपत्ति र त्यस्ता
विपत्तिहरूमा पूर्वतयारी, न्यूनीकरण र मानवीय सहयोगका लागि तयार रहन संयुक्त रूपमा तालिम दिइन्छ । यस तालिमले स्वदेश तथा शान्तिस्थापनार्थ गएका देशहरूमा नेपाली सेनाको सरकारी निकाय, आमनागरिक र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समन्वय गरेर कार्य गर्ने क्षमताको विकास समेत गर्नेछ ।

विपद् पूर्वतयारी तथा सङ्कट प्रतिकार्यका क्षेत्रमा नेपाल सरकारका प्रयत्‍नहरूलाई सहयोग गर्न अमेरिकी मिसन प्रतिबद्ध छ । आरसीएमसीले नेपालको विपद् प्रतिकार्य क्षमताको प्रभावकारिता बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने “ब्यालेन्स नेल १७-३” जस्ता अभ्यासहरूले सुरक्षा फौजको प्रतिकार्य क्षमतालाई मजबुत बनाउने छन् ।

वि.सं.२०७४ असार ५ सोमवार १४:४७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...