back
CTIZAN AD

रियलले रोनाल्डोको विकल्पमा सान्चेजलाई भित्राउने तयारी

वि.सं.२०७४ असार ७ बुधवार

915 

shares

alexis sanchez

७ असार, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो सिजन क्लब छाडेर गएमा उनको प्रतिस्थापनमा आर्सनल तथा चिलियन फरवार्ड एलेक्सिस सान्चेजलाई रियलमा भित्राउने तयारी गरेको छ ।
कर छलीको मुद्दामा मुछिएपछि रोेनाल्डोले रियल छाड्ने तयारी गरेकाले उनको प्रतिस्थापनको लागि सान्चेजलाई किन्ने तयारी गरेको हो ।
वार्सिलोनाका पुर्व खेलाडी समेत रहेका सान्चेज गत सिजन देखि उत्कृष्ट फर्ममा रहेका चिलीलाई लगातार दुई पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका सान्चेज यो वर्ष आसृनल च्याम्पियन्स लिगबाट बाहिर हुने भएपछि आर्सनल छाड्ने तयारी गरेका छन् । उता रियलका स्टार फरवार्ड रोनाल्डो रियल छाडेर आफ्नो पुर्व क्लब म्यान्चेष्टर युनाईटेड जाने हल्ला चलिरहेकै बेला रियलले उनको विकल्पमा सानचेजलाई भित्राउने तयारी गरेको हो ।

सान्चेजलाई इङलिश क्लब म्यान्चेष्टर सिटी तथा जर्मन क्लब बार्यन म्युनिखले समेत भित्राउन चाहेका छन् । सान्चेज यसअघि वार्सिलोनाबाट फुटबल खेलिसकेका हुनाले वार्सिलोनाको कट्टर प्रतिदन्द्धी क्लब रियल आउने सम्भावना भने कम रहेको छ ।

वि.सं.२०७४ असार ७ बुधवार १०:३२ मा प्रकाशित