७ असार, काठमाडौँ । वार्सिलोनाका स्टार फरवार्ड नेयमारले रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो अप्ठ्यारो परिस्थितमा रहेको भन्दै उनको सर्मथनमा ह्वाट्सएप मार्फत एक सन्देश पठाएका छन् । कर छलीको आरोप लागेर अदालतमा मुद्दा खेपिरहेको रोनाल्डो अप्ठ्यारो परिस्थिती बाट गुज्रिएको भन्दै धैर्य गर्न रोनाल्डोलाई सन्देश पठाएका छन् ।
स्पेनिश पत्रिका डायरो गोलका अनुसार नेयमारले कुनै खेलाडीको जीवनमा आई पर्ने सबैभन्दा ठुलो संकटमा रोनाल्डो रहेको बताएका छन् । नेयमारले कठिन परिस्थितीमा रोनाल्डोलाई सर्मथन गर्नुपर्ने समेत बताएका छन् ।नेयमार स्वयम सन् २०१३ मा ब्राजिलीयन क्लब सान्तोसबाट स्पेनिश क्लब वार्सिलोना स्थान्तरण हुने क्रममा कर छलीको आरोपमा अदालतमा मुद्दा खेपेका थिए पछि उनलाई अदालतले सफाई दिएको थियो ।
रोनाल्डो अहिले राष्ट्रिय टिम पोर्चुगलसँग कन्फेडेरसन कप को लागि रसियामा रहेका छन् ।
वि.सं.२०७४ असार ७ बुधवार १२:३० मा प्रकाशित

























