back
CTIZAN AD

उत्कृष्ट अङ्क ल्याउने दलित विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग

वि.सं.२०७४ असार १० शनिवार

807 

shares

१० असार, महोत्तरी। दलित समुदायका शिवशङ्कर महराले यस वर्षको एसइइ परीक्षामा ‘ए प्लस’ ल्याएको भन्दै गौशालास्थित एक निजी विद्यालयले उच्च शिक्षाको लागि लाग्ने सम्पूर्ण रकम ब्यहोर्ने प्रतिबद्धता जनाएको छ ।

गौशाला नगरपालिका–१ स्थित भानुभक्त मेमोरियल सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले सोही विद्यालयबाट एसइइ परीक्षामा सहभागी भई ३.७० जिपिए ल्याएर सफलता हासिल गरेको भन्दै महरालाई निःशुल्क उच्च शिक्षा अध्ययन गर्न रकम उपलब्ध गराउने भएको हो ।

शुक्रबार एसइइ परीक्षामा सहभागी विद्यार्थीको सम्मानमा आयोजना गरेको बिदाइ तथा बधाई कार्यक्रममा विद्यालयबाट उपलब्ध रु ५० हजार तथा विद्यालयका कर्मचारीबाट चन्दास्वरुप रु ८० हजार गरी रु एक लाख ३० हजार बराबरको रकम महराको उच्च शिक्षाका लागि सङ्कलन भएको विद्यालयले जनाएको छ ।

अत्यन्त गरिब एवम् दलित समुदायका महरा पढ्नमा जुझारु र मेधावी भएकाले यस भन्दा अगाडि विद्यालयले निःशुल्क रुपमा अध्यापन गराउँदै आएको विद्यालयका प्रिन्सिपल राधेश्याम सापकोटाले बताउनुभयो । घरपरिवारको आर्थिकस्थित अत्यन्त कमजोर भएपछि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् भनेर सहयोग गरेको सापकोटाले जानकारी दिनुभयो ।

विद्यार्थी महराले दिनरात के खाने भनेर हरपल चिन्तित रहने आफ्नो परिवारको अवस्था रहेको र विद्यालयले आफूलाई जीवनमै सबैभन्दा ठूलो गुन लगाएको बताउनुभयो ।

वि.सं.२०७४ असार १० शनिवार ०९:१३ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...