back

रिपिटर टावर जडानसंगै मोवाइल लिनेको संख्या बढ्यो

वि.सं.२०७४ असार ११ आइतवार

624 

shares
IME Limited
NTC AD

११ असार , रसुवा । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पु¥याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा ल्याइने भएको छ ।

ठाउँठाउँमा रिपिटर टावर जडान भएका कारण २० हजार रसुवालीले मोबाइल सेवा लिइसकेको नगारिक समाजको अनुमान छ । राष्ट्रिय जनगणनाका आधारमा यहाँको जनसङ्ख्या ४३ हजार छ ।

गाउँपालिका, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको टेलिकमका प्रमुख डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टिकल फाइबरको व्यवस्था भने धुन्चे सदरमुकामसम्म भइसकको छ ।

यस्तै ल्यण्ड लाइन फोन नेपाल–चीनको अन्तर्राष्ट्रिय क्षेत्र टिमुरे सिमाना स्याफ्रुबेसी, धुन्चे, कालिकास्थान र जिवजिवे गरी मुख्य पाँच स्थानमा ९६४ थान उपलब्ध गारइएकामा ३५० वटामा इन्टरनेटकोे सुविधासमेत उपलब्ध गराइएको र यसबाट रु ६० लाख शुल्क उठ्ने गरेको नेपाल टेलिकमले जनाएको छ ।

सञ्चार सुबिधाले दूरदराजका ग्रामीण बासीमा उमङ्ग छाएको स्थानीय पण्डित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

वि.सं.२०७४ असार ११ आइतवार ०८:५५ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...