back
CTIZAN AD

रिपिटर टावर जडानसंगै मोवाइल लिनेको संख्या बढ्यो

वि.सं.२०७४ असार ११ आइतवार

981 

shares

११ असार , रसुवा । प्रत्येक नागरिकलाई सञ्चारको पहुँच पु¥याउने सरकारको नीतिअनुरुप नेपाल टेलिकमले जिल्लाका विभिन्न ठाउँमा रिपिटर टावर जडान कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकम रसुवा शाखाका प्रमुख जनक डाँगीका अनुसार धुन्चे, टिमुरेको खैदी, गोल्जुङ भन्ज्याङ, ठाडे जिवजिवे क्षेत्रमा मोबाइल सेवाका लागि रिपिटर टावर जडान भइसकेको र दुर्गम क्षेत्र यार्सा र डाँडागाउँ ठूलोगाउँका लागि कालिका स्थानमा रिपिटर टावर सञ्चालनमा ल्याइने भएको छ ।

ठाउँठाउँमा रिपिटर टावर जडान भएका कारण २० हजार रसुवालीले मोबाइल सेवा लिइसकेको नगारिक समाजको अनुमान छ । राष्ट्रिय जनगणनाका आधारमा यहाँको जनसङ्ख्या ४३ हजार छ ।

गाउँपालिका, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने कार्य पनि अगाडि बढाइएको टेलिकमका प्रमुख डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टिकल फाइबरको व्यवस्था भने धुन्चे सदरमुकामसम्म भइसकको छ ।

यस्तै ल्यण्ड लाइन फोन नेपाल–चीनको अन्तर्राष्ट्रिय क्षेत्र टिमुरे सिमाना स्याफ्रुबेसी, धुन्चे, कालिकास्थान र जिवजिवे गरी मुख्य पाँच स्थानमा ९६४ थान उपलब्ध गारइएकामा ३५० वटामा इन्टरनेटकोे सुविधासमेत उपलब्ध गराइएको र यसबाट रु ६० लाख शुल्क उठ्ने गरेको नेपाल टेलिकमले जनाएको छ ।

सञ्चार सुबिधाले दूरदराजका ग्रामीण बासीमा उमङ्ग छाएको स्थानीय पण्डित टङ्कप्रसाद ढकालले बताउनुभयो ।

वि.सं.२०७४ असार ११ आइतवार ०८:५५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...