back
CTIZAN AD

नवनियुक्त कर्मचारीहरुलाइ सेवापुर्व तालिम सम्पन्न

वि.सं.२०७४ असार ११ आइतवार

750 

shares

jana-sewa-lagubitta
११ कुस्मा, आषाढ
पर्वत जिल्लाको कुस्मावजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले आप्mना नवनियुक्त कनिष्ठ सहायक स्तरका कर्मचारीहरुका लागि सेवाप्रवेश पुर्व आधारभुत तालिम होटल हाम्रो पाहुना घर कुस्मामा मिति असार १० गते सञ्चालन गरि ११ गते सम्पन्न गरेको छ । उक्त तालिमको समापन मन्तब्य दिदै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कमलबहादुर खत्रीले ग्रामिण क्षेत्रमा पुगि गरिव तथाआर्थिक रुपले पिछडिएका जनतामा वित्तीय साक्षरता प्रदान गरि गरिवी न्युनिकरणका लागि राष्ट्रिय रुपमा सहयोग गर्नु संस्थाको उदेश्य रहेको हुदां यस तालिमले नवनियुक्त कर्मचारीहरुको मनोवल वढि सो उदेश्य पुरा गर्न सहयोग पुग्ने विचार ब्यक्त गर्नुभयो ।

लघुवित्तका कर्मचारीहरु सामाजिक अभियन्ता समेत भएकाले कर्मचारीहरु सवल र सक्षमनवनाई संस्थाको उन्नती नहुने भएकाले कर्मचारीहरुको वृति विकासमा सधै सकारात्मक रहने भन्दै कर्मचारीहरुलाई उच्च मनोवलका साथकाम गर्न आग्रह गर्नुभयो । सो अवसरमा वित्तीय संस्थाका का.मु.वरिष्ठ प्रवन्धक श्री फणिन्द्र पाण्डेले वित्तीय संस्थाले हालसम्म ७ जिल्लामा १४ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको र निकट भविश्यमा नै ६ वटा शाखा कार्यालय खोली सेवा नपुग भएका रुकुम ,रोल्पा र गोरखाजिल्लामा समेत सेवा विस्स्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

अधिकृत पुंजी १० करोड, जारी पुजि रु. ७ करोड तथाचुक्ता पुंजि रु.४करोड ९० लाख रहेको यस वित्तीय संस्थाले आप्mना ६५०० सदस्यहरुलाई रु.३७६,०६०,५००।०कर्जा लगानी गरि रु.३७ लाख नाफा कमाउन सफल भएको छ । उक्त तालिमको सहजीकरण कुस्माशाखाका प्रमुख श्री थानप्रसाद डुम्रे, शाखा प्रमुख श्री सीता रानाभाट र सहायक कर्मचारी श्री भरत गौतमले गर्नुभएको थियो ।

वि.सं.२०७४ असार ११ आइतवार १५:४६ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...