back
CTIZAN AD

कृषि आधुनिकीकरणका लागि किसानलाई ट्याक्टर

वि.सं.२०७४ असार १२ सोमवार

936 

shares

१२ असार, बनियानी,झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ ।

परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेसिनरी औजारको प्रयोग गरेर कम लागतमा बढी उत्पादन गर्ने उद्देश्यले ती कृषि सहकारी संस्थालाई उक्त ट्याक्टर प्रदान गरिएको हो । कृषि सहकारी संस्थाले सहुलियत दरमा किसानलाई सेवा प्रदान गर्नेछन् ।

सुपर सञ्चालक समिति संयोजक नवराज भट्टराईका अनुसार साना किसान कृषि सहकारी संस्था पथरिया, नौलो भविष्य साना किसान कृषि सहकारी बालुबाडी र अमरावती कृषि सहकारी पथरियालाई दुई÷दुई थान, साना किसान कृषि सहकारी संस्था बालुबाडी, आइपीएम कृषि सहकारी तोपगाछी र जामुनखाडी कृषि सहकारी संस्था कनकाईलाई एक÷एक थान ट्याक्टर प्रदान गरिएको हो ।

कृषि सहकारीको ५० प्रतिशत र सरकारको ५० प्रतिशत अनुदानमा उक्त ट्याक्टर खरिद गरी वितरण गरिएको हो । धान सुपरजोनमा कृषि औजार खरिदका लागि सरकारले रु दुई करोड अनुदान उपलब्ध गराएको छ । किसानको मागका आधारमा कृषि औजार खरीदमा ५० प्रतिशत लागत सहभागिता गराई अनुदान उपलब्ध गराइने अधिकृत तिमल्सेनाले बताउनुभयो ।

वि.सं.२०७४ असार १२ सोमवार ०३:१७ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...