
जननेता मदन भण्डारीको नाममा स्थापना गरिएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमीरे (सुन्तली) सम्मानित भएका छन् ।
मदन भण्डारीको ६६ औं जन्मोत्सवका अवसरमा बुधबार मदन भण्डारी फाउन्डेसनले कलाकार दम्पत्तिलाई सम्मान गरेको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरणमहत लगायतको आतिथ्यतामा आयोजना गरिएको उक्त सम्मान कार्यक्रममा कलाकार दम्पत्तिलाई रु १ लाख रुपैयाँ सहित मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट सम्मान गरिएको हो ।
उक्त सम्मान ग्रहण गरेपछि कलाकार दम्पत्तिले यस्ता प्रकारका सम्मानबाट आफूहरुलाई समाजका लागि, दुखी, पिडित र असाहायहरुका लागी तथा समग्र राष्ट्र निर्माणका लागि अझ बढी काम गर्ने प्रेरणा, हौसला र उर्जा मिलेको बताएका छन् ।
वि.सं.२०७४ असार १४ बुधवार १३:२१ मा प्रकाशित