back
CTIZAN AD

बैदेशिक रोजगारका अनियमितता र विकृति बारे कार्यदलले बुझायो

वि.सं.२०७४ असार १४ बुधवार

996 

shares

dharam-kc-team

गैर अावासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को बैदेशिक रोजगार तथा अाप्रबासी कामदार कल्याण समिति (NRNA ICC – FEMWWC) ले अाज नेपालको श्रम तथा रोजगार मन्त्रालय, बैदेशिक रोजगार बिभाग र परराष्ट्र मन्त्रालयमा कार्यदलले तयार पारेका निश्कर्षहरू कार्यान्वयनको अपेक्षा र अनुरोध सहित बुझाएको छ ।

पेश गरिएका निश्कर्षहरूः

(क) बैदेशिक रोजगारमा बिद्यमान अनियमितता, बिकृति र बिसंगतिहरूः

१. बैदिशिक रोजगार निशुल्क नभएको, लागत नघटेको ।
२. कामदारले तिरेको रकमको रसिद नपाउने ।
३. करार बमोजिमको कम्पनी, काम र तलब नपाउने ।
४. बिदेशमा श्रम कानून र अदालत भए पनि न्याय र क्षतिपूर्ति पाउन निकै कठिन ।
५. म्यानपावर एजेन्सीहरूले कानूनी जिम्मेवारी बहन नगर्ने, उद्धार नगर्ने र क्षतिपूर्ति नदिने ।
६. कुटनैतिक नियोग तथा श्रम सहचारी लाचार, कानून कमजोर, कार्यान्वयन फितलो ।
७. पीडित कामदारहरूको न्याय प्राप्ती दुर्लभ, असहज र पहुंच बाहिर ।
८. बिभिन्न भिषाको दुरूपयोग गर्दै मानव तस्करी ।
९. एउटा देशमा एउटा काम भनेर अर्कै देशमा अर्कै काममा पुर्याइने ।

(ख) रोकथामका लागि (Preventive Measures)

१. इजाजत प्राप्त एजेन्सी र / वा तिनका एजेन्ट कसैले पनि कामदारहरूबाट नगद लिन नपाउने, लिएको पाइए कडा कार्बाही गरिने र जायज खर्च कम्पनीको बैंक खातामा नै अनिवार्य जम्मा गर्नुपर्ने नियम कानून बनाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने ।

२. शर्त सुविधा फरक पारी दोहोरो करार गर्न गराउन नपाईने, पाईए गराउने कम्पनीलाई कार्बाही हुने ब्यवस्था लागू गर्ने ।

३. पुर्ब स्वीकृति दिनुअघि बैदेशिक रोजगार बिभागले रोजगारदाता कम्पनीको पछिल्लो ३ महिना तलब दिएको बैंक स्टेटमेण्ट चेक गर्ने र कम्तीमा ३ जना पुराना कामदारहरुको मोबाइल नम्बर लिई कम्पनीको ताजा अवस्थाबारे बुझ्ने, कम्पनीले तलब नदिएको र या पुराना कामदार सन्तुष्ट नरहेको भए पुर्ब स्वीकृति नै रोक्ने ।

४. सबै मागपत्रहरू दूतावासहरूले अनिवार्य स्वीकृत गरेको हुनुपर्ने ।

५. एजेन्ट र सव एजेन्ट सबै खारेज गर्ने ।

६. सरकारले शिप परिक्षण गरेर मात्र बिदेश पठाउने, अदक्ष कामदार नपठाउने ।

७. भारत तथा केही अन्य मुलुकहरूलाई समेत रूट बनाई हुने गरेको नेपाली महिलालाई घरेलु काममा पठाउने अबैध च्यानल तथा बेचबिखन (तस्करी) रोक्न ती देशहरूसंग सरकारी स्तरमै सम्झै।ता गरी कार्यान्वयनमा ल्याउने ।

८. सिकायत फच्र्यौट नगर्ने कम्पनीहरूलाई निलम्बन तथा खारेज गर्दै, शून्य सिकायत हुनेलाई प्रोत्साहित गर्दै इजाजत पत्र वाला कम्पनीहरूको गुणस्तर तथा कार्य सम्पादनका अ।धारमा बर्गिकरण गरी ३–३ महिनामा सूची सार्वजनिक गर्ने ।

९. श्रम स्वीकृतिलाई थप सहज, सरल र बिकेन्द्रित पार्ने ।

(ग) रोगथाम (न्याय, उद्धार र क्षतिपूर्ति)का लागि

१. लेबननमा तत्काल श्रम सहचारी सहितको कन्सुलर सेवा र दुबईमा कन्सुलेट कार्यालयको स्थापना गर्ने ।

२. श्रम स्वीकृति नलिएर बिभिन्न भिषामा बिभिन्न रूट हुंदै बिभिन्न मुलुकहरूमा मानव तस्करी गर्ने सबै दलालहरूलाई खोजी खोजी शून्य सहनशिलताका साथ कार्बाही गर्ने ।

३. पीडित कामदारहरूका उजुरीहरूको सुनुवाई, उद्धार, न्याय तथा क्षतिपूर्ति दिलाउन अ।वश्यक साधन, स्रोत र संयन्त्र सहितको कामदारमैत्री द्र’त न्याय प्रणाली लागू गर्ने ।

४. बैदेशिक रोजगारका प्रमुख गन्तब्य मुलुकहरूका एनअ।रएनएका अध्यक्ष, महासचिव, युवा संयोजक, महिला संयोजक र गैरआवासीय नेपाली संघ वैदेशि रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका सदस्यलाई दूतावासको अवैतनिक सहचारी (स्वयमसेवक) का रूपमा काम गर्ने अख्तियारी प्रदान गर्ने, गराउने ।

सरकारको जिम्मेवार निकायले कार्यदलका यी निश्कर्षहरूलार्इ सधन्यवाद ग्रहण गर्दै यथासक्य अा अाफ्नो कार्यक्षेत्राधिकार र जिम्मेवारीमा पर्ने सुधार कार्यहरू क्रमशः गर्दै जाने अाश्वासन दिनुभएको जानकारी कार्यदलका संयोजक धरम केसीले  दिनुभयो ।

वि.सं.२०७४ असार १४ बुधवार १५:२४ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...