back
CTIZAN AD

आज हुदैँ छ भव्य समारोहका बीच मेस्सीको बिहे, थाहा पाउनुहोस उनको बिहे बारे रोचक पक्षहरु

वि.सं.२०७४ असार १६ शुक्रवार

633 

shares

antonella-roccuzo2

१६ असार, एजेन्सी । वार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले आज जुन ३० का दिन आफ्नी बालसखा एन्टोनेल्ला रोकुज्जो सँग बिबाह बन्धनमा बाधिँदैछन् । उत्तरी अर्जेन्टिनाको रोजारिओ भन्ने ठाउमा मेस्सीको बिहे हुन् लागेको हो ।

यी हुन् मेस्सीको बिहे बारे रोचक तथ्यहरु
 बिहे स्थान
मेस्सीको विहे स्थान उत्तरी अर्जेन्टिनाको रोजारिओ भन्ने ठाउमा पर्दछ । जहाँ उनले आफ्नो बाल्यकाल बिताएका थिए । चाख लाग्दो कुरा के छ भने मेस्सीले बिहे गर्ने ठाउ तथा मेस्सी जन्मेको ठाउ चर्चित कम्युनिष्ट नेता चे ग्वेभाराको जन्म स्थान समेत हो ।
को हुन् त एन्टोनेल्ला रोकुज्जो

मेस्सीकी बालसखा रोकुज्जो जसलाई मेस्सीले ५ वर्षको उमेरमा चिनेका थिए । उनैलाई मेस्सलिे बिहे गर्न लागेका हुन् । यी जोडीहरु सन् २०१२ देखि सँगै बस्दै आएका छन् र यीनीहरुको दुई जना छोरा समेत रहेका छन् । lionel-messi-to-wed-antonel

को को लाई बोलाईएको छ त बिहेमा

मेस्सीले आफ्ना वार्सिलोनाका खेलाडी , अर्जेन्टिन्ी राष्ट्रिय टिमका केही खेलाडी तथा वार्सिलोनाका पुर्व खेलाडीहरु प्राय सबैलाई निमन्त्रण गरिएको छ । साथै उनले वार्साका पुर्व खेलाडीहरु रोनाल्डिन्हो, डानी आल्भेस, डेको, फाब्रिगास, जाभीलगायतलाई निमन्त्रणा गरेका छन् ।
यस्तै वार्सिलोनाका खेलाडी जेरार्ड पिकेले मेस्सीको निमन्त्रणा अस्विकार गरेका छन । पिकेकी श्रीमती शाकिरा र मेस्सीकी प्रेमिका रोकुज्जो बिचको टकरावका कारण पिके मेस्सीको बिहेमा नजाने बताईएको छ । यस्तै वार्साका अर्का खेलाडी आन्द्रेस इनिस्टा समेत अनुपस्थित रहने बताईएको छ ।

बिहे स्थल

मेस्सीको बिहे रोजारिओ सहरमा रहेको मध्य भागको एक क्यासिनो होटलमा हुने भएको छ । करिब २६० पाहुनाका बिच मेस्सीको पाँच तारे होटलमा बिवाहको भव्य समारोह हुदैँछ ।

खाद्य परिकार

मेस्सीको बिहेमा प्राय जसो स्थानीय खाद्य परिकारहरु बनाउन मेस्सीले होटल प्रशासनलाई अर्डर दिएका छन् । मुख्य परिकारमा अर्जेन्टिनामा प्रख्यात गाईको मासुको रोष्ट हुने छ । यसका साथै विभिन पास्ता तथा सलादहरु समावेश हुने छ ।
संगीत तथा ब्यान्ड

मेस्सीको बिहेमा उरुग्वेको चर्चित पप व्यान्ड रोम्बाई र मार्मा तथा फुटबलर सर्जियो अग्वेरोकी श्रीमती तथा गायिका करिनाले प्रस्तुती दिने बताईएको छ ।

सुरक्षा तथा मिडिया

मेस्सीको बिहे हुने होटलको बाहिरी भागमा कडा सुरक्षा दिइने बताईएको छ । होटलको बाहिरी घेरामा सुरक्षकर्मीहरु तैनाथ गरिने बताईएको छ । उनको बिहेमा करिब १५० जना सञ्चार कर्मीलाई प्रवेश गर्न दिइने बताईएको छ । उनको बिहेमा गएका पत्रकारहरुले पाहुनाहरुसँग संवाद गर्न भने नपाईने बताईएको छ ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०९:१४ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...