back
CTIZAN AD

फ्रेन्च फरवार्ड लाकाजेट्टिलाई किर्तीमानी रकम तिरेर आर्सनलले भित्रायो

वि.सं.२०७४ असार २२ बिहीवार

639 

shares

laca2

२२ असार एजेन्सी । फ्रेन्च क्लब लियोनबाट व्यवसायिक फुटबल खेल्दै आएका फ्रेन्च फरवार्ड एलेक्जान्ड्रे लाकाजेट्टि इङिलिश क्लब आर्सनलमा अनुबन्धित भएका छन् । इङलिश अबर अनलाईन मिररका अनुसार आर्सनलले लाकाजेट्टिलाई करिब ५४ मिलियन युरो बराबरको रकम तिरेर भित्राएको हो । जुन रकम आर्सनलले खेलाडी स्थान्तरण गर्दा तिरेको सबै भन्दा ठुलो रकम हो । सन् २०१३ मा आर्सनलले रियल म्याड्रिडबाट मेजुट आजिललाई भित्राउदा करिब ४९ मिलियन युरो बराबरको रकम तिरेको थियो । जुन आर्सनलको अहिलेसम्म आर्सनलले तिरेको उच्च रकम थियो । आर्सनलले ओजिललाई भित्राउदाको ट्रान्सफर रेर्कड तोड्दै आर्सनलले स्तरीय फरवार्ड लाकाजेट्टिलाई भित्राएको हो । लाकाजेट्टिले गत सिजन लियोनमा रहदा ५० खेलमा ३७ गोल गरेका थिए ।

आर्सनलका प्रशिक्षक आर्सेन वेङगर सधै भरि ठुलो रकमका खेलाडीको अनुबन्धनको विषयमा जोडिने तर अन्त्यमा खेलाडी नभित्राउने उपमा पाएका वेङगरले यो पटक भने आफुमा लागेको त्यो ट्याग केहि हदसम्म मेटाएका छन् । गत सिजन स्तरिय फरवार्ड नहुदा लिगको चौथो स्थानमा सिमित हुन परेको भन्दै सर्मथक माझ आलोचित वेङगरले उत्कृष्ट खेलाडी भित्राएका छन् ।

arsene

वेङगरले लाकाजेट्टीलाई भित्राएको विषयमा प्रतिक्रिया दिदैँ उनलाई ठुलो मानसिकता भएो खेलाडी रहेको बताएका छन् । उनको आगमनले आर्सनलको इन्जिनको नया गेयरको संज्ञा दिदै आर्सनलले उनको आगमनले आर्सनलको आक्रामक लाईन मजबुत हुने बताएका छन् । उनले मेजुट ओजिल र एलेक्सिस सान्चेज सँग मिलेर आर्सनलको अफेन्सीभ लाईन सम्हाल्ने छन् ।

वि.सं.२०७४ असार २२ बिहीवार ०६:४२ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...