back

नेपाली जनप्रगतिशील मंच ओमानको अधिबेशन सम्पन्न, अध्यक्षमा उमेश विक

वि.सं.२०७४ असार २४ शनिवार

483 

shares

oman2
नेपाली जनप्रगतिशील मंच ओमनको प्रथम अधिवेसन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ (प्रकाश) को प्रमुख आतिथ्यतामा जुलाई ७ मा मस्कटस्थित अल रेफ होटेलमा संपन्नसम्पन्न भएको उक्त अधिबेशनले २ वर्षे कार्यकालका लागि अध्यक्षमा उमेश विकलाई चयन गरेको छ ।

समितिका संयोजक पदम प्रसाद अर्यालको अध्यक्षमा सम्पन्न अधिवेसनले उपाध्यक्षत्रयमा स्हेम आचार्य,चक्रमान तामाङ, कमला तामाङ , महासचिवमा समित अधिकारी, सचिवमा राम सिङ तामाङ, दिपक परियार, इश्वर राना मगर, सहसचिवमा शोभा आचार्य, कोषाध्यक्षमा पन्चराम स्याङतान तामाङ, सहकोषाध्यक्षमा राम लासिवा र सदस्यहरुमा टेक बहादुर कामी, अर्जुन कार्की, सुरेश बराली, श्याम महतो, मोहन गिरी, रिनामाया, चित्र बहादुर केसि, बिभी तामाङ, बिशाल सुब्बा, कमल कटुवाल शंकर अधिकारी, दिपक परियार, इस्वर राना, सीता घिमिरे र बिक्रम तामाङ रहेका छन् ।


oman3उक्त अधिबेशनमा नेपाली दूतावास ओमानकी राजदूत सर्मिला पराजुली ढकालको विशिष्ठ आतिथ्यता, दूतावासका नियोग प्रमुख रोजिना ताम्राकार, एनआरएनए मध्यपूर्व संयोजक डि.वी क्षेत्री, नेपाल चेम्बर अफ कमर्सका चन्डी ढकाल, जनवादी गायक नवीन खड्काको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले नेकपा माओबादी पार्टीले स्थानीय चुनावमार्फत आफ्ना एजेन्डा जनताको घरदैलोमा पु¥याउन सफल भएको बताउँदै पार्टी अब देश बिकासको बाटोमा जाने बताए । पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुको संख्या बढिरहेको अवस्थालाई रोक्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै अब देशमा विकासका पूर्वाधारहरु तयार गरेर युवालाई देशमै रोजगारीको व्यवस्था गर्दै बिदेशीनबाट रोकेर देश समृद्द बनाउन लाग्नुपर्ने बताए ।
नेता श्रेष्ठले घरभित्र वा घरबाहिर जहाँ पुग्दा पनि नेपाली दाजुभाइ दिदी बहिनीहरुको माझमा रहन पाएको र प्रत्यक्षरुपमा ओमानमा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई भेट्न पाउँदा रमाइलो अनूभुति र खुसी भएपनि अर्को पाटोबाट हेर्दा नेपाली माटो, आफ्नो परिवार छोडेर विदेश आउनुको कारण रहरले नभएर बाध्यताले भएको बताउँदै यदि अबका दिनमा युवाहरुलाई विदेश जानबाट रोक्न नसकेमा देश पुरै वृद्धआश्रममा परिणत हुने डरलाग्दो संकेत देखा परेको समेत बताए ।
नेता श्रेष्ठले आफू उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा ओमानमा राजदूतावास खोल्ने निर्णय गराएको बताउँदै नवनियुक्त राजदूत शर्मिलाको कार्यकालको सफलताको कामना गरेका थिए । उनले जनप्रगतिशील मंच ओमानको अधिबेशन सफलताको कामना समेत गरेका थिए ।

oman1
त्यस्तै राजदूत ढकालले नेपालको युद्ध र राजनीतिक समस्याले गर्दा बाध्यता बस नेपाली बिदेशमा आउनु परेको र अहिले ओमानमा २० हजार नेपाली कामदार रहेको बताएकी थिइन् । उनले मानव तस्करले नेपाली दिदिबहिनीहरुलाई भारत, हुँदै खाडी मुलुकमा बेच्ने गरेकाले समस्यामा परेका दिदिबहिनीहरुको उद्धारमा समस्या भएको समेत बताएकी थिइन् । उनले दूतावासले समस्या समाधानका लागि लागि परेको र अहिलेसम्म ५१ जना नेपाली दाजुभाइ दिदिबहिनीहरुको उद्धार गरि स्वदेश फर्काउने काम भएको जानकारी समेत दिएकी थिइन् ।
त्यस्तै विशिष्ठ अतिथि एनआएनए मध्यपूर्व संयोजक डिबी क्षेत्रीले ओमानमा रहेका नेपालीको समस्या विषयमा ओमानमा रहेका सबै नेपाली संघसंस्थाहरु एकजुट भएर दूतावाससँग हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रममा ओमानमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । जसमा नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल, नेपाली मंचका अध्यक्ष गगन कार्की, एकता समाजका छबिलाल बस्नेत, विवेकशिल नेपाली ओमानका प्रतिनिधि जीबन कार्की, एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठ, नेपाली समाज ओमानकी अध्यक्ष इच्छा राई, साहित्य च्याप्टर ओमानका दिल प्रसाद पौडेल, नेपाली महिला समुहकी अध्यक्ष उमा आचार्य, दलित एकता संजालका अध्यक्ष शुरेस बरायली, बुद्ध भिजनका अध्यक्ष निगल लामा, मगर संघका अध्यक्ष सुर्य थापा, तमु समाजका राम तामाङ, सगरमाथा समुहका अध्यक्ष राजेन्द्र चौधरी, नेपाली फेलोसिप समुहका अध्यक्ष संगम सिंह र ओमानस्थित नेपालीहरुका पुराना अभिभावक तोलाकान्त भट्टराई लागायतले आफ्ना भनाइ राखेका थिए ।

त्यस्तै अर्का विशिष्ठ अतिथि चण्डीराज ढकालले नेपालको राजनीतिक अस्थिरता र महाभूकम्पका कारण पनि धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरु बाध्यताबस बिदेशीनु परेको बताउँदै जबसम्म देशमै रोजगारीको व्यवस्था हुँदैन् तबसम्म देशबाट युवा बाहिरिने क्रम जारी रहने बताए । उनले भारतमा मात्रै ६० लाख नेपालीले न्युनतम तलबमा काम गर्न बाध्य रहेको बताए ।
ढकालले जबसम्म देशले लगानी बढाएर कृषि उत्पादनमा क्रान्ति गर्न सक्दैन तवसम्म देश विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सले देश चलाउनु बाध्यता रहेको बताए ।
कार्यक्रममा लेखक, पत्रकार लागायत विभिन्न पार्टीमा रहेका व्यक्तिहरु पार्टी परित्याग गरेर २६ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
मंचका उपाध्यक्ष तुला गिरीको संचालन रहेको उक्त अधिबेशन कार्यक्रममा सुरुवातीमा सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति मौनधारण गरेपछि राष्ट्रिय गान बजाइएको थियो ।

वि.सं.२०७४ असार २४ शनिवार ११:२१ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...