back
CTIZAN AD

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

वि.सं.२०७४ असार २४ शनिवार

672 

shares

२४ असार,इलाम  । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका छन् । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने भएकाले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्नु भनेको यस क्षेत्रका महिलामा सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्नु हो, जनस्वास्थ्य प्रमुख मल्लले बताउनुभयो ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।
पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको जनाएको छ । रासस

वि.सं.२०७४ असार २४ शनिवार १२:५० मा प्रकाशित

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...