back

चार बलात्कारी पूर्पक्षका लागि कारागार चलान

वि.सं.२०७४ असार २६ सोमवार

306 

shares
NTC AD
Global IME AD

२६ असार, गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अनिकेतकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत जेठ २८ राति ७ बजेतिर औरही बजारबाट आफ्नो गाउँ औरही गाउँपालिका–२ फूलबरिया जाँदै गरेकी युवतीलाई औरही बजारदेखि ५०० मिटर टाँढा आँप बगैँचामा बाटो ढुकेर बसेका चारै जना युवकले समातेर मुख बन्द गरी पालैपालो बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

युवतीलाई सामूहिक बलात्कार गरेका युवकमध्ये एक जनालाई सोही राति ११ बजे र अरु तीन जनालाई एक साताभित्र पक्राउ गरी उनीहरुमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश दीपकराज पन्थले आइतबार अबेर साँझ उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

वि.सं.२०७४ असार २६ सोमवार ०४:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बलेवा (बागलुङ) । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, यी दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, यी दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...