back
CTIZAN AD

‘क्लीन फिड’ नीति फिर्ता लिन केबल व्यवसायीको माग

वि.सं.२०७४ असार २६ सोमवार

1.1K 

shares

२६ असार, काठमाडौँ । केबल टेलिभिजन कम्पनीले सरकारले ‘क्लीन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (क्लीन फिड) नीति फिर्ता लिन माग गरेका हुन् ।

उक्त (क्लीन फिड) नीति—२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको दाबी गर्दै उनीहरुले फिर्ता नभए साउन १ गतेदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

भू–परिवेष्ठित र खुला सिमाना भएको मुलुकमा विदेशी डिटीएचको चोरी पैठारी हुनसक्ने र नेपाली डिटीएच कम्पनी तथा केवल कम्पनी धरासायी बन्ने व्यवसायीको गुनासो छ ।

विज्ञप्तिमा भनिएको छ–“विज्ञापनरहित नीति, २०७३ लागू गरिएमा नेपाली डिटीएच कम्पनी तथा केबल कम्पनी बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजन पनि बन्द हुनेछन्, किनकि हाल नेपाली टेलिभिजनको प्रसारण डिटीएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेको छ । यसरी विज्ञापनरहित नीति लागू गरिएमा यस क्षेत्रमा लगानी भएको अर्बांै रुपैयाँ खेरजाने स्पष्ट छ ।”

वि.सं.२०७४ असार २६ सोमवार ०३:१२ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...