back

बिर्घा स्याङ्जा समाज युएईमा खुमानन्द

वि.सं.२०७४ असार २६ सोमवार

264 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

birgha-samaj-uaeगितामणि पाण्डे
‘हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बिर्घा स्याङ्जा सहयोग समाज युएईले तेस्रो अधिबेसन बरदुबईमा सम्पन्न गरेको छ ।

कृष्ण पाण्डेको सभापतित्वमा सम्पन्न भेलाको प्रमुख अतिथि स्याङ्जा सहयोग समाजका बरिस्ठ उपाध्यक्ष प्रेम भण्डारी रहेका थिए भने विभिन्न संघसंस्थाबाट अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सन्तोषकुमार पाण्डेले गरेका थिए ।

समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गर्दै समाजले स्थापनादेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए ।

समाज स्याङ्जा जिल्लाको बिर्घा गबिसबाट रोजगारीको सिलसिलामा युएईमा रहने सम्पुर्ण युवाहरू मिलेर २०७० मा स्थापना भएको गाबिस स्तरीय पहिलो सस्था हो ।

स्थापनाको चौथो वर्षसम्म आइपुग्दा संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका मृगौला पीडित, झापाका मृगौला पीडित, बिर्घा विसका दुबै मृगौला पीडित चुरामनी बिक, ब्लड क्यान्सर पीडित सान्ती घिमिरे र आलमदेवी गाविसका पिताम्वर रानालाई गरि जम्मा रकम रु १,३७,५०० आर्थिक सहयोग गरेको छ।

यसैगरी बिर्घा गाविसको कालीगण्डकी क्याम्पस भवनका लागि रु।२५,००० सहयोग गरेको छ। बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी श्री कृष्णगण्डकी गबिसको धुर्बज्योति माध्यमिक बिद्यालय गरि १२ वटा बिद्यालयमा रु।११,१११ का दरले जम्मा रु।१,३३,३३२ अक्षयकोष खडा गरेको छ । जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्रदान गरिन्छ।
यसै संस्थाको पहलमा बिर्घा गाउँ विकास समितिको श्री दुर्गा प्राविको शैक्षिकस्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्यमा करिब ८२,००० रुपैयाँ सहयोग गरेको छ।

भर्खरै मात्र यस संस्थाले आधुनिक शिक्षाका निमित्त बिर्घाका सम्पुर्ण सरकारी संस्था जसमा १ बाल शिशु कक्षा, ८ प्रावि, २ उच्च मा।वि, बिर्घा गाउँ विकास समतिको कार्यालय, बिर्घा प्रहरी चौकी, स्वास्थ्य चौकी बिर्घा, एक मात्र पुस्तकालय मातृभूमि पुस्तकालयमा सेतो पाटी बितरण गरेको छ । समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गाविस का ५ वटा मन्दिरमा समेत २०,००५ का दरले रु।१,००,०२५ धनराशिको अक्षयकोष खडा गरेको छ।

कामको सिलसिलामा युएईमा रहनुभएका सम्पुर्ण बिर्घेली तथा भुपु बिर्घेलीहरुलाई केही समस्याहरु आइपरेको खण्डमा सहयोग गर्ने साथै आफ्नो जन्मभुमिको बिकासका निम्ति सक्दो सहयोग गर्ने उदेश्यले यस संस्थाको स्थापना भएको हो। आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना लिएर जाने बताइएको छ।

भेलाले खुमानन्द पाण्डेको अध्यक्ष्यतामा सल्लाहकार सहित २३ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षहरु मनरुपा पाण्डेय, याम बहादुर परियार, लक्ष्मण थापा, सचीवमा कुमार राना, सहसचीवमा नीरबहादुर बिक, कोषाध्यक्षमा टान बहादुर थापा, सहकोषाध्यक्षमा इन्द्र प्रसाद  पाण्डेय र सदस्यमा जीवन पाण्डेय, सन्तोषकुमार पाण्डेय, सन्तराम परियार, तुलबहादुर घर्ती, लक्ष्मी पाण्डेय, हुमनाथ पाण्डेय, बिष्णु प्रसाद पाण्डेय, हरिलाल पाण्डेय, प्रवक्ता छबिलाल पाण्डेय, सल्लाहकार मित्रलाल पाण्डेय, कृष्णकुमार पाण्डेय, रामप्रसाद पाण्डेय, मित्रलाल पाण्डेय र डोलराज पाण्डेय रहेका छन।

वि.सं.२०७४ असार २६ सोमवार ०२:१५ मा प्रकाशित

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

म्याग्दी समाज अमेरिकाको आठौ अधिवेशन सम्पन्न

अमेरिका । म्याग्दी समाज अमेरिकाको आठौं अधिवेशन सम्पन्न भएको छ...

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

‘ऐन संशोधन नहुँदा एनआरएन नागरिकताको कार्यान्वयनमा समस्या’

काठमाडौं । ऐन, कानुन र कार्यविधि समयमा संशोधन नहुँदा गैरआवासीय...

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको अध्यक्षमा बसन्ती राई

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाको पाँचौ अधिवेशन...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा तोरण गुरुङ

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्षमा तोरण...

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न भन्दै एनआरएनएद्वारा मन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया...

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

स्कटल्याण्डमा आगलागीमा परि नेपाली दिदी बहिनीको मृत्यु

बेलायत । स्कटल्याण्डमा आगलागीमा परेर दुई नेपाली चेलीको निधन भएको...